मेष (चु चे चो ला लि लु ले लो अ)
आर्थिक स्थिति सामान्य खालको रहला । स्वास्थ्यका कारणले खर्च बढे पनि आयको स्रोत पूरा घट्ने देखिन्न । विशेष गरेर व्यावसायिक कामबाट केही न केही फाइदा लिइरहनुहुनेछ । शैक्षिकखाले काममा राम्रो सफलता छ । मित्रहरूको सहयोगले पनि गतिलै लाभ देला ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
यात्रा हुने सम्भावना टड्कारो रूपमा देखा पर्छ । विवाहसम्बन्धी कुरामा अलिकति बाधा आए पनि सामान्य प्रयासले नै त्यसलाई निर्मूल गर्न सकिने छ । नातेदारहरूबाट केही धोका होला कि जस्तो छ । भगवतीको आराधनाले आइपर्ने बाधाहरू हट्न सक्छन् ।
मिथुन (का कि कु घ ङ छ के को हा)
यो समयलाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नेतिर मन जाला भने गरेका काम सफलसमेत हुनेछन् । आर्थिक स्थिति नराम्रो छैन । बाधा दिने तìवहरू बिस्तारै सेलाएर जानेछन् । नेतृत्व शक्ति विकासोन्मुख छ । खर्चको मात्रालाई घटाउन गणेशको दर्शन गर्नुहोस् ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सुरुको दिन त्यति राम्रो छैन । आइतबारदेखिका दिनहरू सफलता कारक छन् । अलिकति परिश्रमको खाँचो भने परिरहेको छ । पढाइभन्दा लेखाइमा बढी समय जाला । विद्यार्थी वर्गका लागि बाधाहरू प्रशस्त आउने छन् । बगलामुखीलाई मानिरहनुहोस् ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी रहने छन् । बाधा र विरोधका बीचमा तपाईंले पाइलो चलाउनु पर्नेछ । शिक्षाको क्षेत्रमा आएका अवरोध भने हटेर जाने क्रममा छन् । लेखन कार्यबाट राम्रै फाइदा लिन सक्नुहुनेछ ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
समय त्यति राम्रो छैन । बन्नुपर्ने काम अति नै ढिलो भएर बन्नेछन् । बाधा दिने तìवहरू सक्रिय हुँदै आएका छन् । विवाहसम्बन्धी विषयमा बाधा पर्ला जस्तो छ । भगवतीको आराधना नगरीकन कुनै पनि असल काम बन्ला जस्तो छैन ।
तुला (र रि रु रे रो ता ति तु ते)
बाधा त प्रशस्त आउने छन् तर मुकाबिला गर्नसक्ने शक्ति प्रशस्त छ । स्वास्थ्यको विषयमा सतर्क भइरहनुहोस् । सानोतिनो चोट लाग्ने सम्भावना बढी देखिन्छ । विशेषगरी मङ्गलबारको दिन तपार्इंका लागि राम्रो छैन ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला । आइतबारदेखि सुधार आए पनि पूर्णता भने देखिँदैन । स्वास्थ्यकै लागि खर्च गरिरहनु पर्नेछ । यात्रा भए पनि फलदायी खालको देखिन्न । प्राविधिक खाले कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
शनिबार केही महìवपूर्ण काम बन्न सक्छन् । आइतबार र सोमबार भने त्यति राम्रा खालका देखिन्नन् । रुघाखोकी वा शीतकालीन समस्याले सताउला कि जस्तो छ । मङ्गलबारबाट सुधार हुँदै आउला । मित्रहरू असल खालका छन् ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
राम्रो खालको साता छ । धेरै काम बन्नेछन् । पुराना बाँकी रहेका काममा समेत प्रगति देखा पर्छ । मनमा रहेको भय र शङ्काको तुस बिस्तारै घटेर जाला । साथीहरूको मद्दत पाइए पनि उनीहरूको स्वागत, सत्कारका लागि भने खर्च नै गर्नुपर्ला ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुका दिनमा मित्रहरूसँग भेट हुनुका साथै रमाइलो सङ्गम पनि होला । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै आएको छ । बाधा विरोध दिने तìवहरू स्वतः पन्छिएर जाँदैछन् । व्यापारसम्बन्धी कामबाट विशेष फाइदा हुनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
मध्यम खालको साता छ । बाधाहरू हट्दै गए पनि त्यसको तुस भने बाँकी रहला । घरपरिवारमा ससानो कुरामा पनि कचिङ्गल पर्ला कि जस्तो छ । मित्रहरूबाट बढी फाइदा होला भन्ने नसोच्नुहोस् । शुक्रबारको दिनमा शिवजीलाई बेलको फल चढाएमा आउने बाधा टर्न सक्छन् ।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य