काठमाडौँ – गएको केहि समय देखि लगातार दौडधुपमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाटका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डले तत्कालका लागि भेटघाटका सम्पूर्ण कार्यक्रम स्थगित गरेका हुन्।
पछिल्लो समय प्रचण्ड अत्याधिक व्यस्त थिए। देशका विभिन्न स्थानमा पुगेर सम्बोधन गर्ने देखि पार्टी संगठन विस्तार गर्ने सम्म कार्यमा व्यस्त रहेका उनले शनिबारबाट सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्।
प्रचण्डमा रुघा खोकिसहित विभिन्न समस्या देखिएको बताइएको छ। चिसो बढिसकेको र धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने माओवादी केन्द्रका एक नेताले बताए। प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्।