यो उमेरमा पनि हट्टा-कट्टा छन् हरिवंश, रहेछ यस्तो रहस्य !

काठमाडौं । अग्रज हास्यब्यँग्य अभिनेता हरिवंश आचार्यले आफ्नै दैनिक सन्तुलित भोजन र विश्रामले स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन् । शनिबार आफ्नो ६४औं जन्मोत्सव मनाउने क्रममा अहिले पनि स्वास्थ्य राम्रो हुनुको कारण जानकारी गराएका हुन् ।

एक समय राम्रो कमाएँ भनेर धेरै खाँदा एकपछि अर्को बिरामीले च्यापेपछि आफूले खानपिन र निन्द्रामा ध्यान दिएको उनले बताएका छन्, ‘म आजबाट ६५ वर्ष लागें । तर आज पनि म ४५ वर्षको छु जस्तो लाग्छ,’ उनले भने । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

हास्यव्यंग्य अभिनेता आचार्य बेलुका १० बजे सुतिसक्छन् । उनी बिहान पाँच नबज्दै उठछन् । आफ्नी पत्नी रमिलासँग करिब एक घन्टा दौडन्छन् र घर आएर केही समय योग गर्छन् ।

‘जस्तो सुकै पार्टी भए पनि बेलुका १० बजे म घर पुगेर सुतिसक्छु । बिहान पाँच नबज्दै चराको आवाजसँगै मेरो निन्द्रा खुल्छ र हामी मर्निङ वाकमा निक्लन्छौं,’ हरिवंश आचार्यले भने, ‘बिहान दौडन थालेको धेरै वर्ष भयो । पछिल्लो समय मैले आफ्नो स्वास्थ्यका लागि बिहान दैनिक कम्तीमा डेढ घन्टासम्म दिने गरेको छु ।’

व्यायाम र निन्द्रासँगै खानामा पनि आफूले त्यत्तिकै ध्यान दिने गरेको हरिवंशले बताएका छन् । पछिल्लो समय थोरै खाना खाने गरेको भातभन्दा पनि सागसब्जी तथा अन्य कुरामा जोड दिने गरेको पनि उनले बताएका छन् ।

शनिबार रेडियो अडियोले ब्यान्ड बाजा बजाउँदै उनको जन्मोत्सव राखेको थियो । विभिन्न हास्यव्यंग्य कलाकारले जन्मदिनको शुभकामना दिँदै गर्दा हरिवंशले भने, ‘जीवनमा अरू कुरा कमाउन सकें या सकिनँ त्यो भन्न सक्दिनँ । तर यति धेरै राम्रा साथी कमाएको छु र साथीहरूको प्रेरणाले यहाँसम्म आएको हुँ ।’ आफ्नो कला यात्रा जिरोबाट सुरु भएको र आज आफू जुन स्थानमा छु, त्योबाट खुसी भएको पनि कलाकार आचार्यले बताए ।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८०९:०३

जिल्लाजिल्लामा गठबन्धन गर्ने माधव नेपालको घोषणा !