मेस्सीले ब्यालोन डी’ ओर जित्नु हुँदैन भन्नेले हेर्नै पर्ने यस्तो उत्कृष्ट भिडियो !

लियोनेल मेस्सी २०२१ ब्यालोन डी’ओर विजेताको रूपमा पहिले नै पुष्टि भइसकेको र उक्त खबरबाट मेस्सी आफैं पनि सचेत रह्रेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। आरटिपी स्पोर्ट्सका अनुसार यसै महिनाको २९ तारिखमा फ्रान्सको पेरिसमा हुने एक समारोहमा मेस्सी आफ्नो करियरको कीर्तिमानी सातौं पटक ब्यालोन डी’ ओर अवार्डको विजेता घोषित हुने दाबी गरेको छ।

फ्रान्स फुटबलले यसबारे मेस्सीलाई जानकारी समेत गराइसकेको बताइएको छ। मेस्सीले कोपा अमेरिकामा व्यक्तिगत रूपमा निकै उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जिताउन सफल भएसँगै ब्यालोन डी’ ओर अवार्डका लागि प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

ब्राजिललाई फाइनलमा १-० ले पराजित गर्दै उपाधि जितेको प्रतियोगितामा मेस्सी उच्च गोलकर्ता बन्नुका साथै उच्च असिस्टकर्ता पनि रहेका थिए। जसकारण उनी प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए। उक्त पल मेस्सीको अर्जेन्टिनी करियरको सबैभन्दा सुखद क्षण रहेको थियो। यस्तोमा अहिले मेस्सीले कोपा अमेरिका २०२१ मा गरेको उत्कृष्ट प्रदर्शनको भिडियोले निकै चर्चा पाइरहेको छ।

सामाजिक सञ्जाल ट्वीटरमा अर्जेन्टिनी कप्तानका एक प्रशंसकले साझा गरेको यस भिडियो निकै भावुक रहेको छ। हेर्नुहोस् यो भिडियो:-

https://twitter.com/i/status/1456651470737010688

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८१०:१३

ब्राजिलका पूर्व खेलाडी भन्छन् – ‘नेयमार मेस्सी र रोनाल्डो भन्दा पनि उत्कृष्ट छन्’