विगत एक दशकमा फुटबल जगतले थुप्रै उत्कृष्ट खेलाडीको उत्पादन गर्यो। रेकर्ड बुक पल्टाएर हेर्ने हो भने विगत १० वर्षका थुप्रै असाधारण खेलाडीहरुले थुप्रै असाधारण उपलब्धिहरू हाँसिल गर्न सफल भए।
यस्तोमा गत दशकका सर्वश्रेष्ठ १० खेलाडीहरु रोज्नु पर्दा यो निकै कठिन कार्य हुनसक्छ। तर तपाईंको काम 90minले सहज गरेको छ, जसले गत १० वर्षको अन्तरालमा टप १० सर्वोत्क्रोष्टको सूची सार्वजनिक गरेको छ।
90min को सम्पादकीय कर्मचारी द्वारा चयन गरिएको टप १० को सूचीमा धेरै स्टार खेलाडीहरुको नाम छुटेका छन्। टोनी क्रुस, नेयमार, जाभी, मोहम्मद सलाह, फ्रान्क रिबेरी र अर्जेन रोबेन जस्ता सुपरस्टार खेलाडीको नाम यो सूचीमा अटेको छैन।
यस्तो रहेको छ सार्वजिक टप १० खेलाडीको सूची:-
१०. ग्यारेथ बेल (वेल्स)
९. करिम बेन्जेमा (फ्रान्स)
८. आन्द्रेज इनिएस्टा (स्पेन)
७. एन्गोलो कान्ते (फ्रान्स)
६. लुइस सुवारेज (उरुग्वे)
५. सर्जियो रामोस (स्पेन)
४. लुका मोड्रिच (क्रोएशिया)
३. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड)
२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
१. लियोनल मेस्सी (अर्जेन्टिना)