लगातार बढ्दै सुनको मूल्य, आज १ सय ६४ दिनकै महँगो !

काठमाडौँ – हप्ताको पहिलो दिन नै सुनको मूल्य बढेको छ। गएको हप्ता ३ हजार ४ सय रुपैंयाँले बढेर जेठ महिना पछिकै महँगो भएको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९४ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन ५ महिना भन्दा बढी समयकै महँगो

पछिल्लो वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य ५ महिना भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य जेठ २० गते पछि अर्थात १ सय ६४ दिनकै महँगो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य रु १० ले बढेर १ हजार २ सय ९५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८१०:५६

हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा !