काठमाडौँ : मानिसहरुका स्वभाव थाहा पाउन निकै मुश्किल हुन्छ। यदि चलाख मान्छेको चक्करमा फसेमा हानिनोक्सानी झेल्नुपर्छ। ज्योतिष शास्त्र अनुसार यी ३ राशिका जातक अत्यन्तै चलाख हुन्छ्हन्। आफ्नो कुरामा सजिलै फँसाएर जोकोहीँलाई पनि मूर्ख बनाउन सक्छन्। यो भन्दा गलत नहोला कि यी ३ राशिका जातक स्याल जस्ता बाठा हुन्छन्।
१. वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – बुद्धिमानीको कुरा गर्ने हो भने सबैभन्दा अगाडी वृश्चिक राशिका जातकको नाम आउँछ। यिनीहरु हरेक चीजको गहिराईसम्म जान रुचाउँछन्। यिनीहरुको बोल्ने शैलीमा यति धेरै आकर्षण र विश्वास हुन्छ कि मानिसहरु यिनीहरुबाट प्रभावित भईछाड्छन्।
२. मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – यस राशिका जातक नाटक गर्नमा पोख्त हुन्छन्। यिनीहरु झुट पक्रिने मेसिन जस्तै हुन्छन्। यिनीहरुले सजिलै सत्य छुट्ट्याउन सक्छन्। यिनीहरुलाई मुर्ख बनाउन सकिन्न। यिनीहरु मृदुभाषी र खुल्ला सोचका हुन्छन्। तर यिनको मनमा के चलिरहेको छ अरुले थाहा पाउन सक्दैनन्।
३. कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – यस राशिका जातक आफ्नो आसपासको हरेक चीजमा गौर गर्छन्। यस राशिका जातक अत्यन्तै होशियार र तेज दिमागका हुन्छन्। कठिन परिस्थितिमा यिनीहरु कहिल्यै हार मान्दैनन्। कन्या राशिका मानिस हरेक समस्यालाई सोचविचार गरी सम्हाल्छन्।