एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर ! कति ?

काठमाडौं (अस) । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा रू. ५ ले वृद्धि भएको भन्दै वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाएसँगै हवाई भाडादर बढेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

बढेको भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी छ । यो रूटको फ्युल सरचार्ज रू. २२० ले बढेको छ भने दोस्रोमा काठमाडौं–सुर्खेतको छ । यो रूटमा रू. १७५ ले भाडादर बढेको छ । यसैगरी काठमाडौं–भैरहवा रूटको सरचार्ज पनि रू. १०५ ले बढेको छ ।

यस्तै काठमाडौं–पोखराको रू. ८० बढेको छ । हाल वृद्धि भएको भाडादर सोमवारदेखि लागू हुनेछ । निगमले रू. ५ ले हवाई इन्धनको मूल्य बढाएसँगै अहिले प्रतिलिटर रू. १०१ पुगेको छ । यसअघि मूल्य समायोजन गर्दा हवाई इन्धनको मूल्य प्रतिलिटर रू. ९६ थियो ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८०८:१४

अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन !