पीएसजीमा लुरुक्क परेका मेस्सी युरोपका टप ५० ड्रिबलरमा पनि परेनन्, सकिए मेस्सी अब ?

लियोनेल मेस्सीले पेरिसमा नयाँ जीवनको सामान्य सुरुवात गरेका छन्। तर जुन चीजमा अर्जेन्टिनी कप्तान आधुनिक जमानामा सर्वश्रेष्ठ मानिन्छन्, सोहि चीजको सूचीमा मेस्सीको नाम टप ५० मा रहेको छैन। जसले दर्शाउँछ कि मेस्सी पेरिसमा निकै संघर्ष गरिरहेका छन्। फुटबल इतिहास कै सर्वश्रेष्ठ ड्रिबलर मध्ये एक मानिने ३४ वर्षीय स्ट्राइकर यस सिजन भने आफ्नो छाप छाड्न सकेका छैनन्।

हालै मात्र सार्वजनिक भएको एक तथ्यांक अनुसार मेस्सी युरोपका टप ५० ड्रिबलरमा पनि पर्न सकेका छैनन्। यस सिजन पीएसजीका लागि आठ खेलमा मात्र तीन गोल, र लिग १ गोल गर्न नसकेका मेस्सीको बारेमा यो भन्न उचित हुन्छ कि उनले फ्रान्सेली राजधानीमा आफ्नो जादू चलाउन सकेका छैनन्।

CIES फुटबल अब्जर्भेटरी द्वारा प्रस्तुत मेट्रिक्स अनुसार, पूर्व बार्सिलोना स्टार यस सिजन ५० उत्कृष्ट ड्रिबलर मध्ये पनि परेका छैनन्। मेस्सीका टिममेट द्वय नेयमार र एम्बाप्पे भने टप १० मा रहेका छन्। नेयमार सूचीमा पाँचौं स्थानमा रहँदा फ्रेन्च स्टार भने दशौँ स्थानमा रहेका छन्।

यस्तो रहेको यस सिजन युरोपका टप १० ड्रिबलर:-

१०. किलियन  एम्बाप्पे (पीएसजी) – ५.३३ प्रति १०० मिनेट

९. नाहीटान नानडेज (काग्लियारी) – ५.३६ प्रति १०० मिनेट

८. सोफियान बाउफल (एन्जर्स) – ५.५२ प्रति १०० मिनेट

७. जेरेमे बोगा (ससुओलो) – ५.८० प्रति १०० मिनेट

६. अल्फोन्जो डेभिज (बार्यन म्युनिख) – ६.१४ प्रति १०० मिनेट

५. नेयमार (पीएसजी) – ६.२८ प्रति १०० मिनेट

४. कामालडिन सुलेमाना (स्टेड रेनायेस) – ६.४४ प्रति १०० मिनेट

३. अलान सेन्ट म्याक्सिमा (न्युकासल) – ७.०२ प्रति १०० मिनेट

२. राफाएल लेआओ (एसी मिलान) – ७.१० प्रति १०० मिनेट

१. एडामा ट्राओरे (वुल्फ्स) – ११.२४ प्रति १०० मिनेट

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८११:१९

रोनाल्डोको पोर्चुगल विश्वकपमा हुन सकेन छनौट, अब यस्तो कठिन हुने यात्रा !