हिजो १ सय ६८ दिन कै महँगो भएको सुनको मूल्य आज घट्यो, कति ?

लगातार ५ दिन बढ्दै आकाशिएको सुनको भाउ सोमबार भने घटेको छ। शुक्रबारको तुलनामा २ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज भनेर ३ सय रुपैयाँको गिरावट आएको छ।

सोमबार छापावाला सुनको मूल्यमा ३ सय रुपैयाँको गिरावट आएको छ। जससँगै आज छापावाला सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाला सुनको भाउ तोलाको ९४ हजार ६ सय रहेको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि ३ सय रुपैयाँको गिरावट आएको छ। शुक्रबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज प्रति तोला ३ सयले घटेर ९३ हजार ८ सय कायम भएको छ।

चाँदीको मूल्य पनि घट्यो

सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८११:३२

नेप्सेमा आयो दोहोरो अंकको उछाल, यी कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, कुन-कुन ?