आउने आइतबारसम्म यी ४ राशिलाई अत्यन्त शुभ, जीवनमा हुनेछ कायापलट !

ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिका मानिसको लागि अत्यन्तै शुभ र भाग्यशाली रहनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउने छन्। यस हप्ता ग्रह र नक्षत्रहरूको चाल यी चार राशिका मानिसहरुका लागि अनुकूल छ। जान्नुहोस् यी ४ राशिको बारेमा….

वृष राशि

वृष राशिका लागि यो साता नयाँ अवसर प्राप्त हुनेछ । करियर–व्यवसायमा अपेक्षित प्रगति हुनेछ । कार्यक्षेत्रमा वरिष्ठ र घनिष्ठ दुवैको मित्रको सहयोग रहनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। साताको मध्यमा लामो वा छोटो दुरीको यात्रा सम्भव छ। वरिष्ठ व्यक्तिको सहयोगले जग्गा तथा भवनको विवाद समाधान हुनेछ । यात्रा सुखद र लाभदायक हुनेछ। जीवनसाथीसँग मेलमिलाप हुनेछ। घरपरिवारका सदस्यहरूसँग खुसीसाथ समय बिताउने अवसर मिल्नेछ। यो साता सन्तान पक्षबाट केही सुखद समाचार प्राप्त हुनेछ ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरुको लागि यो साता शुभ रहने छ । सोचेको काम यो साता पूरा हुनेछ। ठूला लक्ष्य हासिल गर्नका लागि यो समय निकै अनुकूल रहेको छ । यस्तो अवस्थामा विशेष कार्यमा सफलता प्राप्त गर्नको लागि आफ्नो सम्पूर्ण बल दिनुहोस्। करियर र व्यापारमा उन्नतिको नयाँ अवसर मिल्नेछ। साताको प्रारम्भमा प्रभावशाली व्यक्तिको सहयोगले लाभको नयाँ स्रोत सृजना हुनेछ । पाईको मिहिनेतले पूर्ण परिणाम प्राप्त गर्नेछ। लामो समयदेखि बेरोजगार रहेकाले रोजगारी पाउनेछन् । वरिष्ठहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। जीवनसाथी संगको सम्बन्ध सुमधु हुनेछ ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता मिश्रित सावित रहनेछ । साताको प्रारम्भमा घरपरिवारमा मांगलिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। लामो समयपछि साथीभाइ भेट्ने सम्भावना छ । प्रियजनसँग सम्बन्धित ठूलो उपलब्धिले परिवारमा खुशीको वातावरण रहनेछ। विगतमा गरेको लगानीले आम्दानी गर्नेछ । परीक्षा-प्रतियोगितासँग सम्बन्धित विद्यार्थीहरूले केही शुभ समाचार पाउने छन् । स्वास्थ्यमा सुधार हुनेछ । आकस्मिक धन लाभको कारण मन प्रसन्न हुनेछ ।

मीन राशि

यदि तपाईले लामो समयदेखि रोजगारीको लागि प्रयास गरिरहनु भएको छ भने यो हप्ता तपाईको प्रयास सफल साबित हुन सक्छ। कार्यस्थलमा वरिष्ठ र कनिष्ठको सहयोगले अधुरा काम समयमै पूरा हुनेछन्। राजनीतिसँग जोडिएका व्यक्तिहरूले ठूलो पदमा ठूलो जिम्मेवारी पाउन सक्छन्। प्रभावशाली व्यक्तिको सहयोगले लामो समयदेखि अलपत्र परेको कुनै पनि सरकारी कामले गति लिन सक्छ। साताको उत्तरार्धमा सुखसुविधामा पैसा खर्च गर्दा विशेष ध्यान दिनुहोला ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८१२:४६

मङ्सिर ५ गतेसम्म यी ५ राशिलाई अत्यन्त अशुभ, रहनुहोस् निकै सावधान !