पीएसजी गएको ३ महिना नहुँदै बार्सिलोना फर्किने मुडमा मेस्सी ? अन्य क्लबमा जम्न नसकेको हो त ?

यसै सिजन मात्र बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फ्रान्समा ३ महिना नबित्दै बार्सिलोना फिर्ती बारे चर्चा चल्न सुरु भएको छ। फ्री-एजेन्टका रूपमा पीएसजी पुगेका मेस्सीले पेरिसमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्। उनले क्लबका लागि ८ खेलमा मात्र ३ गोल गरेका छन् भने कुनै असिस्ट प्रदान गर्न सकेका छैनन्।

गत सिजनको अन्त्यबाट नै बार्सिलोनासँगको सम्झौता अन्त्य भएपछि फ्री-एजेन्ट बनेका मेस्सीले आर्थिक संकटका कारण बार्सिलोनासँग नयाँ सम्झौता हस्ताक्षर गर्न असमर्थ रहेसँगै २ वर्षीय सम्झौतामा पीएसजी प्रस्थान गरेका थिए। तर, त्यो सम्झौता भएको ६ महिनाभन्दा कम समयमै मेस्सी नोउ क्याम्पमा फर्किने हल्ला सुरु भएको छ।

मार्काको एक रिपोर्टका अनुसार भिक्टर फन्ट, क्लाबं अध्यक्ष पदका उम्मेद्वार जो बार्साको २०२१ को चुनावमा जोन लापोर्टा पछि दोस्रो आएका थिए, क्लबलाई मेस्सीलाई पुन: हस्ताक्षर गर्न आग्रह गरेका छन्। फन्टले RAC-1 मा भने,”मेस्सीले जसरी क्लब छाडे, उनी त्यसको योग्य थिएनन्। अब क्लबले मेस्सीलाई कसरी फर्काउने भन्ने बारे सोच्न आवश्यक रहेको छ।”

यस सिजन चोटसँग संघर्ष गरिरहेका मेस्सीले क्लबका लागि मात्र ५ लिग खेल खेल्न सक्षम भएका छन् जसमा उनले कुनै गोल गर्न सकेका छैनन् भने कुनै असिस्ट पनि प्रदान गर्न सकेका छैनन्। च्याम्पियन्स लिगमा भने उनले तीन खेलमा तीन गोल गरिसकेका छन्। हालै एक अन्तर्वार्ता स्वयम् मेस्सीले भने आफू भविष्यमा बार्सिलोना फर्कने इच्छा रहेको बताएका थिए।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८१४:४३

विश्वकपमा छनौट हुन नसकेपछि प्रशिक्षकलाई समेत थर्काए रोनाल्डोले [भिडियो सहित]