ग्रहचक्रमा हुँदै ठूलो कायापलट, यी ५ राशिमा पर्नेछ विशेष प्रभाव, कुन-कुन ?

नोभेम्बर २०२१ धेरै तरिकाले विशेष रहेको छ। यस महिनामा तिहार, एकादशी जस्ता महत्वपूर्ण चाडपर्वहरू मनाइयो। यससँगै ग्रहहरूको स्थितिमा पनि महत्वपूर्ण परिवर्तन आयो र अब वर्षको अन्तिम चन्द्रग्रहण लाग्ने भएको छ। १९ नोभेम्बर २०२१ मा लाग्ने २०२१ को अन्तिम चन्द्रग्रहणले ५ राशिका मानिसहरूलाई सबैभन्दा बढी प्रभाव पार्ने देखिन्छ।

वृष राशि 

नोभेम्बर १९ को चन्द्रग्रहण वृष राशिमा नै लाग्ने भएकाले यस राशिका मानिसहरूलाई सबैभन्दा बढी प्रभाव पर्नेछ । यस समयमा पैसा लेनदेनमा सावधान रहनुहोस्। साथै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला ।

सिंह राशि 

यो ग्रहण सूर्यसँग सम्बन्धित कृतिका नक्षत्रमा लाग्दैछ। सिंह राशिको स्वामी सूर्य भएकाले यस राशिमा पनि चन्द्रग्रहणको प्रभाव बढी रहनेछ । सिंह राशिका व्यक्तिहरूले संयमित व्यवहार गर्नुपर्छ। गैरकानुनी काम नगर्नुहोस्, कसैसँग झगडा नगर्नुहोस्। पैसाको कारोबार सावधानीपूर्वक गर्नुहोस्।

तुला राशि 

तुला राशिका व्यक्तिहरुको काममा बाधा आउन सक्छ । आफ्नो पार्टनरको ख्याल राख्नुहोस्। विशेष गरी आफ्नो पार्टनरसँग विवाद नगर्नुहोस्, अन्यथा तनाव बढ्न सक्छ।

कुम्भ राशि 

कुम्भ राशिका व्यक्तिहरूले शत्रुबाट कष्ट उठाउन सक्छन्। कसैलाई आँखा चिम्लेर विश्वास गर्दा हानि हुन सक्छ। यो समयमा सावधानी अपनाउनु राम्रो हुनेछ। सकारात्मक सोचका साथ यो समय सजिलै बित्नेछ।

मीन राशि 

पुरानो रोग दोहोरिन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला। सोचेर-सम्झेर मात्र कुनै पनि काम तथा स्थानमा पैसा खर्च गर्नुहोस्। आर्थिक समस्याले सताउन पनि सक्छ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८१६:१२

यी ५ राशिका मानिसलाई आँखा चिम्लेर गर्न सकिन्छ भरोसा, हुन्छन् निकै इमान्दार !