फिफा विश्वकप छनोटमा सर्बियासँग २-१ को हार बेहोरेपछि क्रिस्टियानो रोनाल्डोले आफ्ना साथीहरूलाई उत्प्रेरित गर्न इन्स्टाग्राममा एक भावुक पोस्ट गरेका छन्। पोर्चुगल र सर्बिया विश्वकप छनोटको लागि तीव्र प्रतिस्पर्धामा संलग्न थिए, किनकि दुबै पक्ष एक-अर्का विरुद्धको भिडन्त अघि १७ अंकमा बराबर थिए।
सर्बियाका एलेक्सान्डर मिट्रोभिकले गोल गर्दै क्रिस्टियानो रोनाल्डो र पोर्चुगललाई अर्को वर्ष कतारमा हुने विश्वकपमा स्वत छनौट हुनबाट बन्चित गरेका थिए। जसपछि रोनाल्डोले इन्स्टाग्राममा एक प्रेरणादायी सन्देश पोस्ट गरेका छन्। ३६ वर्षीय स्ट्राइकरले हारले आफ्नो टोली तल नझर्ने र कतारमा हुने प्रतियोगितामा छनोट हुन कडा मेहनत गरिरहने बताए।
आफ्नो इन्स्टाग्राम पोस्टमा, क्रिस्टियानो रोनाल्डोले लेखे,”फुटबलले हामीलाई बारम्बार देखाएको छ कि, कहिलेकाहीँ, यो सबैभन्दा घुमाउरो बाटो हो जसले सबैभन्दा मनचाह नतिजाहरूमा पुर्याउँछ। हिजोको नतिजा कठिन थियो, तर हामीलाई तल ल्याउन पर्याप्त थिएन। २०२२ को विश्वकपमा सहभागी हुनुको उद्देश्य अझै धेरै जीवित छ र हामीलाई थाहा छ त्यहाँ पुग्न हामीले के गर्नुपर्छ। केहि बहाना छैन। पोर्चुगल कतार जानेछ।”
View this post on Instagram
आइतबारको हारपछि पोर्चुगललाई २०२२ फिफा विश्वकपमा छनोट हुन प्लेअफ खेल्नु पर्नेछ।