एजेन्सी – युरो विजेता इटालीलाई पछि पार्दै स्वीट्जरल्यानड अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ ।
छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वस्ट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । अर्काे खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा छनोट भएको हो।
घरेलु मैदानमा स्वीट्जरल्यान्डको जितमा नोआअ ोकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
इो जितपछि स्वीट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो । पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो । १६ अंक जोडेर दोस्रो स्थानमा रहेको इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ ।
अघिल्लो युरो विजेता पोर्चुगल पनि हुनसकेन छनौट
एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत छनोट चरणको समूहमा दोस्रो स्थानमा आएपछि पोर्चुगलले सिधै विश्वकपमा छनोट हुन सकेन । सर्बियासँग अन्तिम खेलमा पराजित भएपछि अब पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ ।
यसपटक देखि युरोपेली राष्ट्रहरुबाट प्लेअफमार्फत छनोट हुने प्रक्रिया परिवर्तन भएको छ । विगतमा दुई लेगमा हुने खेलहरु यसपटक भने सेमिफाइनल र फाइनल गरेर दुई चरणको १-१ खेलमा विभाजन गरिएको छ । प्लेअफ अन्तर्गतका खेलहरु अर्को वर्ष मार्च महिनामा हुनेछन् ।
पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन् । प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ । प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन् । ड्र मार्फत १२ टोलीलाई विभिन्न तीन समूहमा राखिनेछ । पोर्चुगलले अब दुई खेल जिते विश्वकपमा छनोट हुनेछ ।
फिफा विश्वकप २०२२ कतार नोभेम्बर २१ देखि डिसेम्बर २१ सम्म हुनेछ । विश्वकपकै लागि भनेर क्लब फुटबल नोभेम्बर १२ देखि रोकिनेछन् । डिसेम्बर २६ बाट सिजन सुचारु हुनेछ । अर्को सिजन मे २८ सम्म संचालन हुनेछ ।

