एजेन्सी – कप्तान ह्यारी केन एक्लैले चार गोल गरेको खेलमा इग्ल्यान्डले फिफा विशवकप कतार २०२२ को युरोपेली छनोटको अन्तिम खेलमा सानमारिनोमाथि सानदार जित निकालेको छ ।
विश्वकपमा स्थान पक्का गरिसकेको इंग्ल्यान्डले १० खेलाडीमा समेटिएको सानमारिनोमाथि उसकै मैदानमा १०–० को फराकिलो जित निकालेको हो । ह्यारी मगाएर, इमिल स्मिथ रोवी, टेरोन मिङ्स, ट्याम्मी अब्राहम र बुकायो साकाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
पहिलोहाफमा ६ तथा दोस्रो हाफमा ४ गोल भएको थियो ।
सान मारिनोमा सोमबार राति भएको खेलमा घरेलु टोली ६८औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । डान्टे कार्लाेस रोस्सी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसअघि इंग्ल्यान्डले खेलमा ७–० को आरामदायी अग्रता बनाइसकेको थियो ।
यो सानदार जितसँगै अराजित रहेको इंग्ल्यान्डले समूह ‘आई’ मा १० खेलबाट २६ अंक जोड्यो । सानमारिनो अंकविहीन हुदै पुछारमा रह्यो ।
अन्य नतिजा
समूह ‘सी’ – नर्दन आयरल्यान्डविरुद्ध इटाली (०–०), स्वीट्जरल्यान्डविरुद्ध बुल्गेरिया (४–०)
समूह ‘एफ’ – अष्ट्रियाविरुद्ध माल्दोभा (४–१), इजरायलविरुद्ध फारोइ आइल्यान्ड (३–२) र स्कटल्यान्डविरुद्ध डेनमार्क (२–०)
समूह ‘आई’ – अल्वानियाविरुद्ध एन्डोरा (१–०), पोल्यान्डविरुद्ध हंगेरी (१–२) र सान मारिनोविरुद्ध इंग्ल्यान्ड (०–१०)

