विश्वकपमा छनौट हुन नसकेपछि इटालीका प्रशिक्षक-‘अब हामी विश्वकप जित्नेछौं’

रोबर्टो म्यानसिनी विश्वास गर्छन् कि इटालीले छनोट समूह जित्न असफल भए पनि २०२२ को विश्वकप जित्न सक्छ। सोमबार छनौट चरणको अन्तिम खेलमा उत्तरी आयरल्यान्डसँग ०-० गोलको बराबरी खेल्दै अज्जुरी समूह सी मा दोस्रो स्थानमा रह्यो। जसपछि छनौट युरो विजेता इटाली हुन २०२२ विश्वकपमा असफल सोझै भएको छ।

स्विजरल्याण्ड सोझै छनौट भएको समूहमा दोस्रो भएको इटालीले अब विश्वकपमा छनौट हुनको लागि अब प्ले-अफ खेल्नु पर्ने हुन्छ। यसका बाबजुद पनि युरो विजेता इटालीका मुख्य प्रशिक्षक म्यानसिनी विश्वास गर्छन् कि आफ्नो टोली आउँदो संस्करणको विश्वकप जित्न योग्य रहेको छ। “हामी यसको बारेमा अहिले केहि गर्न सक्दैनौं, हाम्रो अब मार्चमा खेल छ र हामी आफ्नो उत्कृष्ट दिन प्रयास गर्नेछौं,” म्यानसिनीले RAI खेलकुदलाई प्ले अफको सन्दर्भमा भने।

“अब हामी मार्चको लागि तयारी गर्छौं र प्लेअफमा आत्मविश्वासका साथ जान्छौं। हामी मार्चमा विश्वकपमा आफ्नो स्थान बुक गर्नेछौं र आशा छ कि प्रतियोगिता पनि जित्नेछौं,” इटालियन प्रशिक्षकले भने।

इटाली हुन सकेन छनौट 

एजेन्सी – युरो विजेता इटालीलाई पछि पार्दै स्वीट्जरल्यानड अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ ।

छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वस्ट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । अर्काे खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा छनोट भएको हो।

घरेलु मैदानमा स्वीट्जरल्यान्डको जितमा नोआअ ोकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

इो जितपछि स्वीट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो । पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो । १६ अंक जोडेर दोस्रो स्थानमा रहेको इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८०९:१९

रोनाल्डो, हालाण्ड, लेवान्डोस्की जस्ता महान् खेलाडीले विश्वकप गुमाउने खतरा !