महान ग्रह सूर्यको ठूलो उथलपुथल, यी ४ राशिलाई अत्यन्त शुभ !

सूर्यलाई ऊर्जाको केन्द्रविन्दु मानिन्छ। ज्योतिषमा सूर्यको विशेष महत्व छ। सूर्यदेवलाई प्रत्यक्ष देवता र सबै ग्रहहरूको राजा मानिन्छ। वैदिक ज्योतिषशास्त्रका अनुसार जब सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ, यसले धेरै राशिहरूलाई असर गर्छ। सूर्यले एक महिनाको अन्तरालमा आफ्नो राशि परिवर्तन गर्छ। नोभेम्बर १६ मा सूर्य वृश्चिक राशिमा प्रवेश गर्दैछ। जहाँ यो डिसेम्बर १६ सम्म रहनेछ। सूर्य ग्रह सिंह राशिको स्वामी ग्रह हो। मेष राशिमा सूर्यलाई उच्च र तुला राशिमा दुर्बल मानिन्छ। सूर्य वृश्चिक राशिमा प्रवेश गर्दा ४ राशिले सबैभन्दा शुभ फल प्राप्त गर्नेछन्। जानौं यी ४ राशिका बारेमा…..

मिथुन राशि 

मिथुन राशिका लागि नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्मको समय निकै राम्रो रहनेछ। तपाईंको लागि यो गोचर वरदान भन्दा कम साबित हुने छैन। मिथुन राशिमा मानिसहरुका लागि यो महिना निकै शुभ र उन्नति ल्याउनेछ। यो समयमा मिथुन राशिका व्यक्तिहरूले नयाँ कामको थालनी गर्ने सोच बनाएका छन् भने नतिजा राम्रो हुनेछ। यो राशि परिवर्तन व्यवसायका लागि राम्रो रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

कन्या राशि 

कन्या राशिका लागि वृश्चिक राशिमा सूर्यको आगमनले धन लाभको अवसर दिनेछ। यो समयमा नयाँ जागिर पाउने सम्भावना उच्च हुनेछ। यस राशिका मानिसहरुमा माता लक्ष्मीको विशेष कृपा रहनेछ। नयाँ कामको थालनी पनि हुनसक्छ। भौतिक सुखमा वृद्धि हुने संकेत देखिन्छ।

धनु राशि 

धनु राशि हुनेहरुका लागि आगामी तीस दिनहरु निकै लाभदायक साबित हुनेछन्। रोकिएका कामहरु सम्पन्न भई हाल चलिरहेको कामले थप गति लिनेछन्। घरपरिवारको पूर्ण सहयोग मिल्नेछ। कतैबाट आकस्मिक धन लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउने संकेत देखिन्छ।

मकर राशि  

मकर राशिका लागि नोभेम्बर १६ बाट वृश्चिक राशिमा सूर्यको परिवर्तनले धेरै शुभ समाचार ल्याउनेछ। आम्दानीका स्रोत बलियो हुनेछन्। कसैलाई दिएको रकम पनि फिर्ता हुने अपेक्षा गरिएको छ। परिवारका वरिष्ठ सदस्य तथा दाजुभाइबाट सहयोग मिल्नेछ। कार्यस्थलमा पनि मान सम्मान बढ्नेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१०:३१

कार्तिक पूर्णिमाको दिन चन्द्रग्रहण यी ५ राशिलाई सबैभन्दा बढी असर, रहनुहोस् सावधान !