हिजो घटेको सुनको भाउ आजै ह्वात्तै बढ्यो, १ सय ७० दिन यता कै महँगो !

सोमबार सामान्य ओरालो लागेको सुनको भाउमा मंगलबार पुन: वृद्धि भएको छ। लगातार ५ दिन बढेर सोमबार घटेको सुनको भाउ आज  भने पुन: बढेको हो। आइतबारको  तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढेको तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। छापावाला सुन सोमबार तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार ५सयले वृद्धि भएर ९४ हजार ३ सयमा किनबेच भइरहेको छ।

सुन गत जेठ २० गते यताकै महँगो

मंगलबार कायम भएको सुनको भाउ गत जेठ २० गते यता कै सबैभन्दा महँगो रहेको छ। गत जेठ २० गते छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रहेको थियो भने तेजाबी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको थियो। जसपछिका कुनै दिनमा पनि सुनको मूल्य आजको विन्दुमा पुगेको थिएन।

चाँदीको भाउ

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार १२ सय ८० रुपैयाँका कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१०:४७

नेप्सेमा उच्च अंकको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुन-कुन ? [सूची सहित]