मेस्सीले काटे कतार विश्वकपको टिकट, रोनाल्डो भने बाहिरिने खतरा कायमै !

एजेन्सी – कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२२ कतारका लागि छनौट भएको छ। बुधबार बिहान ब्राजिलसँग बराबरीमा रोकिएको अर्जेन्टिना इक्वेडरले जित निकालेसँगै विश्वकपका लागि छनौट भएको हो।

बुधबार बिहान भएको खेलमा इक्वेडरले चिलीमा २-० को गोल अन्तरले पराजित गर्यो। ९ मिनेटमै गोलको खाता खोलेको इक्वेडरले ९० मिनेट पछि थप गरिएको तेस्रो मिनेटमा दोस्रो गोल गर्न पुग्यो। इक्वेडरले जित निकालेसँगै अर्जेन्टिना विश्वकपका लागि छनौट भयो।

मेस्सीको टिकट पक्का तर रोनाल्डोको अन्योल 

ब्राजिलसँगको बराबरी र चिल्ली माथि इक्वेडरको जीतसँगै मेस्सीले कतार २०२२ विश्वकप खेल्ने पक्का भएको छ। तर उनका चिर-प्रतिद्वन्दी पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको टोली भने सोझै विश्वकपमा छनौट हुन असफल भएको छ। गत शनिबार भएको छनौट चरणको अन्तिम खेलमा सर्बियासँग २-१ ले पराजित भएपछि रोनाल्डो सोझै विश्वकपको टिकट काट्न बन्चित भएका हुन्।

रोनाल्डोले अब आफ्नो टोलीलाई आउँदो विश्वकपमा छनौट गराउनका लागि भने प्ले-अफ चरण खेल्नु पर्ने भएको छ। रोनाल्डोको पोर्चुगलका साथै अन्य ११ टोलीले प्ले-अफ खेल्नेछन्। उक्त १२ टोली मध्ये मात्र ३ टोली कतार विश्वकपमा जानेछन्।

प्लेअफ ड्रको पट १ मा रहने देशहरु : पोर्चुगल, स्कटल्यान्ड, इटाली, रुस, स्विडेन, वेल्स

प्लेअफ ड्रको पट २ मा : टर्की, पोल्यान्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१०:४५

“सर्वश्रेष्ठ खेलाडी मेस्सी भएपछि कोपा अमेरिका जितिन्छ भन्ने पहिले नै थाहा थियो”- मार्टिनेज