रोनाल्डो पिडामा राडोन्जिकको सान्त्वना, पछि सम्मानसहित यसो लेखे !

एजेन्सी – आइतबार विश्वकप छनौटमा पोर्चुगल सर्वियासंग स्तब्द हुन पुग्यो। घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल सर्वियासँग २-१ ले पराजित भएको थियो।

सर्वियासंग पराजित भएसँगै पोर्चुगल विश्वकपमा छनौट हुनबाट वन्चित भयो। जित अथवा बराबरी खेल्न सकेको भए पोर्चुगल सिधै विश्वकपका लागि छनौट हुन्थ्यो। तर अन्तिम समयमा सम्हालिन नसक्दा पोर्चुगलको सपना चकनाचुर भयो।

सर्वियाको खेल अगाडी आयरल्याण्डसँग बराबरी खेल्दा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले घरेलु मैदानमा विश्वकप छनौट हुने प्रण गरेका थिए। सर्वियासंग जित निकाल्दै अगाडी बढ्ने योजनामा रोनाल्डो थिए। सोहि अनुसार उनी प्रेरित भएका थिए। तर सर्विया विरुद्ध उनले गोल गर्न सकेनन्। पोर्चुगलका रेनाटो सान्चेजले खेलको दोस्रो मिनेटमै गोल गरेपनि पोर्चुगलको तर्फबाट थप गोल हुन सकेन।

डुसान टाडिकले सर्वियालाई खेलमा फर्काएका थिए भने खेलको अन्तिम समयमा एलेक्सानडर मित्रोभिकले गोल गरेपछि अन्ततः पोर्चुगलको सपना चकनाचुर भयो। विश्वकपमा सोझै छनौट हुन नसक्दाको पिडा खेलपछि रोनाल्डोमा स्पष्ट देखियो।

रोनाल्डो पिडामा हुँदा सर्वियाका नेमान्जा राडोन्जिकले सान्त्वना दिए। विश्वकै उत्कृष्ट खेलाडीको रुपमा रहेका रोनाल्डोलाई सान्त्वना दिंदै उनले सम्मान व्यक्त गरेका हुन्।

सान्त्वना दिएपछि राडोन्जिकले सामाजिक संजालमा उक्त पलको तस्विर राख्दै ‘महानलाई हात’ भन्दै लेखेका छन्।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८११:५८

जब पेड्रीलाई इनिएस्टा जस्तै ‘तक्लु’ हुन मन लाग्यो …