ग्रहचक्रमा हुँदै महत्वपूर्ण परिवर्तन, यी ३ राशिलाई अत्यन्त अशुभ !

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहले आफ्नो कमजोर राशि मकर राशि छोडेर छिट्टै कुम्भ राशिमा प्रवेश गर्दैछ। देवगुरु बृहस्पतिलाई भाग्य र सम्मान प्राप्तिको प्रमुख कारक मानिन्छ। बृहस्पतिको राशि परिवर्तनले राशि चक्रका सबै राशिमा प्रभाव छोड्छ। बृहस्पति ग्रह कुम्भ राशिमा प्रवेश गरेपछि यसले यी ३ राशिमा नकारात्मक प्रभाव पार्नेछ, कुन-कुन ? जान्नुहोस्….

कर्कट राशि 

कर्कट राशिका लागि बृहस्पतिको गोचरले केही कठिनाइहरू सिर्जना गर्न सक्छ। त्यसैले हतारमा कुनै निर्णय नगर्नुहोस्। तर, यसपछि पनि भाग्यले साथ दिनेछ र धनको बाटो खुल्नेछ । समग्रमा तपाईंको लागि यो समय अनुकूल छैन।

कुम्भ राशि 

बृहस्पति ग्रह कुम्भ राशिमा गोचर हुने भएकोले रपरिवारमा कसैसँग झगडा हुने सम्भावना रहन्छ। बृहस्पतिको गोचरले तपाईं शारीरिक र मानसिक रूपमा अस्वस्थ रहनुहुनेछ। गुरुले तपाईंलाई तपाईंको कार्यमा सफलता दिलाउनेछ। आर्थिक दृष्टिले बृहस्पतिको गोचर त्यति लाभदायी नरहला ।

मीन राशि 

मीन राशिका लागि बृहस्पति बाह्रौं घरमा आउनेछ। त्यसैले कुनै धार्मिक कार्यमा खर्च हुने सम्भावना छ । घर किन्न ऋण पनि लिनुपर्ने हुनसक्छ । तपाईले सवारीसाधन किन्न र बेच्न पनि सक्नुहुन्छ। समय त्यति शुभ नरहला। अनावश्यक खर्च बढ्नेछ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१३:०५

महान ग्रह बृहस्पतिको ठूलो उथलपुथल, यी ५ राशिलाई अत्यन्त शुभ, कुन-कुन ?