“लामो समय मैदान बाहिर भएका कारण भनेजस्तो खेल्न सकिन, तर वर्षको अन्तिम सम्म सबै ठीक हुन्छ”

एजेन्सी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले आउने समयमा सुधारिएको प्रदर्शन गर्ने बताएका छन्। विश्वकप छनौटमा ब्राजिलसँग बराबरी खेलेपछि मेस्सीले आउने समयमा सुधारिएको प्रदर्शन गर्ने बताएका हुन्।

ब्राजिल जस्तो कठिन टोली विरुद्ध लय समाउन गार्हो परेको मेस्सीले स्विकारे। खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै मेस्सीले आफू लामो समय देखि नखेलिरहेको हुँदा लय समाउन गार्हो परिरहेको बताए।

“मैले लामो समयदेखि खेलेको थिइन। यो एकदमै कठिन खेल थियो। म ठीक छु, शारीरिक रूपमा भने पूरै राम्रो भएको छैन। म आफ्नो लय खोजिरहेको छु।”,मेस्सीले भने,”म लामो समय देखि मैदान बाहिर थिएँ। त्यसैले एकै खेलमा कठिन टोली विरुद्ध खेल्न सहज भएन।”

यस वर्षको अन्त्य सम्म ठिक भएर जाने मेस्सीको विश्वास छ। लामो समय सम्म मैदान बाहिर रहेर एकैपटक कठिन टोली विरुद्ध खेल्न आफूलाई असहज भएको मेस्सीले बताए।

मेस्सीले भने,”धन्य म ठीक छु। अब आउने समयमा अझ ठीक हुने आशा छ। भाग्यले साथ दिए यो वर्षको अन्त्य सम्म सबै राम्रो हुनेछ र यो वर्षको अन्त्य राम्रोसंग हुनेछ। “

त्यस्तै मेस्सीले जित नै आफूहरुको प्राथमिकतामा रहने पनि बताएका छन्। प्रयास गर्दा-गर्दै पनि जित्न नसकिएको मेस्सीको भनाई छ। त्यसक्रममा निरन्तर अगाडी बढ्दै गर्ने पनि मेस्सीले बताए।

“हामी सुरुदेखि नै विश्वस्त थियौं, र हामीले खेल्ने प्रयास गर्यौं तर कहिलेकाहीं सकिँदैन। तर महत्त्वपूर्ण कुरा यो हो कि हामीले हारेनौं पनि। हामी लगातार अगाडी बढ्दैछौँ। “,उनले भने।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१९:५१

रोनाल्डो र पोर्चुगल जालान् कतार ? यस्तो रहेछ कतार जाने बाटो ! [विस्तृतमा]