बार्सिलोना फिर्ता भएका आल्भेस भन्छन् – ‘सित्तैमा भएपनि म फिर्ता हुन तयार थिएँ’

एजेन्सी – बार्सिलोनाका पूर्व ब्राजिली भेट्रान डिफेन्डर डेनी आल्भेस बार्सिलोना फर्किएका छन्। बार्सिलोनाको नयाँ प्रशिक्षकको रुपमा जाभी हर्नान्डेज नियुक्त भएसँगै आल्भेस बार्सिलोना फिर्ता भएका हुन्।

आल्भेसलाई एक कार्यक्रममा बीच क्याम्प नोउमा प्रस्तुत गरियो। त्यसक्रममा आल्भेसले बार्सिलोना फिर्ता हुन पाउँदा आफूलाई धेरै खुशी मिलिरहेको बताए। आफू जसरी पनि बार्सिलोना फर्किने पक्षमा रहेको र अहिले त्यो पूरा भएको आल्भेसको भनाई छ।

क्याम्प नोउमा आयोजित कार्यक्रममा बोल्दै उनले बार्सिलोना फिर्ता हुन हरेक काम गर्न आफू तयार भएको बताए। उनका अनुसार उनी निशुल्क बार्सिलोना फिर्ता हुन समेत तयार थिए।

“मलाई जसरी हुन्छ बार्सिलोना फिर्ता हुनु थियो। म जसरी पनि यहाँ फिर्ता हुन चाहन्थें। नि:शुल्क भएपनि फिर्ता हुने मेरो चाहना थियो।”,आल्भेसले बार्सिलोना फिर्ता हुन पाएकोमा खुशी हुँदै भने।

क्लब अध्यक्ष जोआन लापोर्टासंग कुराकानी गरेपछि आफू झनै उत्साहित भएको आल्भेस बताए। उनका अनुसार बार्सिलोना फिर्ता हुन उनी यति ब्यग्र थिए कि उनी सित्तैमा बार्सिलोना आउँन समेत तयार थिए। उनले भने,”म अध्यक्षसँग कुराकानी गरेपछि झनै उत्साहित भएको थिएँ। मलाई केहि नतिरेपनि म बार्सिलोनालाई सहयोग पुर्याउन आउन चाहन्थें।”

क्लबको नयाँ प्रशिक्षकमा जाभी नियुक्त भएपछि नै आल्भेसको फिर्ती सम्भव भएको हो। आल्भेस पनि फिर्ता हुने प्रक्रियामा जाभीको प्रमुख भूमिका रहेको मान्छन्। उनले भने कि जाभीसँग कुराकानी गरेपछि उनी धेरै नै उत्साहित भएका थिए।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१०:०१

मेस्सीका कारण तनावमा पोचेटिनो, टोक्नु कि बोक्नु भयो !