मेष राशि
मेष राशिका मानिसको लागि यो महिना त्यति शुभ नरहला। सरकारी निकायको भय रहला। पारिवारिक स्थिति नकारात्मक रहने देखिन्छ। मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। आफन्तजनबाट विशेष साथ सहयोगको अपेक्षा गर्न सकिन्छ। आर्थिक स्थिति यो महिना त्यति राम्रो रहला भन्न सकिन्न। वैदेशिक कार्यहरू भने सहज हुनेछन्।
वृश्चिक राशि
तपाईंको लागि यो महिना शुभ भन्न मिल्दैन। महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्न सक्छ। हातमा आएको निकै महत्वपूर्ण कार्य पनि गुम्न सक्छ। शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ। कसैलाई पनि आँखा चिम्लेर विश्वास नगर्नुहोस्, धोका हुने सम्भावना रहन्छ। कसैलाई पैसा ऋण दिँदा सोचेर सम्झेर मात्र फैसला गर्नुहोस्, अन्यथा नोक्सान हुनसक्छ।
धनु राशि
स्वास्थ्यमा समस्या आउनसक्छ। विशेषगरी घाँटी तथा नाकको समस्याले सताउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। शिक्षा क्षेत्रमा पनि सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्ने हुनसक्छ। कार्यक्षेत्रमा पनि खासै सफलता नमिला, सहकर्मीका साथ मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। अनावश्यक खर्च हुनसक्छ, ध्यान दिनुहोला।