इटालियन लिजेन्ड डिनो जोफले क्रिस्टियानो रोनाल्डोको युभेन्टस छोडेर गत समरमा म्यानचेस्टर युनाइटेडमा पुन: आबद्ध हुने निर्णयको बचाउ गरेका छन्। पूर्व गोलकिपरले स्वीकार गरे कि बियानकोनेरीले पोर्चुगल सुपरस्टारले क्लबका लागि एक्लै ‘सबै गर्ने’ अपेक्षा गरेका थिए।
सन् २०१८ मा लगातार तीन पटक च्याम्पियन्स लिग जितेपछि रियल म्याड्रिड छाडेर युभेन्टस प्रस्थान गर्ने निर्णय गरेका थिए। पोर्चुगल अन्तर्राष्ट्रियले नयाँ चुनौतीको खोजीमा २०१८ को समरमा सिरी ए दिग्गज युभेन्टसका लागि लस ब्लान्कोस छाडेका थिए। तर रोनाल्डोको उक्त ट्रान्सफर रोनाल्डोले आशा गरेजस्तो हुन सकेन।
युभेन्टससँगको आफ्नो सम्झौताको तीन वर्षपछि, ३६ वर्षीय खेलाडीले क्लबसँगको आफ्नो सम्बन्ध अन्त्य गर्ने र इङ्गल्याण्डको म्यानचेस्टर युनाइटेडमा पुन: सामेल हुने निर्णय गरे। बियानकोनेरीसँग रोनाल्डोको समय पूर्ण रूपमा असफल थिएन। क्लबमा आफ्नो तीन वर्षको अवधिमा, पोर्चुगिज फरवार्डले क्लबलाई दुई सेरी ए उपाधि सहित पाँच ट्राफी जित्न मद्दत गरे।
तर रोनाल्डोले खोजेको सफलता युभेन्टसमा प्राप्त गर्न सकेनन् जसको कारण उनले प्रिमियर लिग क्लबसँग आवद्ध हुने निर्णय गरेका हुन्। यस्तोमा युभेन्टस दिग्गज जोफले ५ पटकका ब्यालोन डी’ ओर विजेताको निर्णयको बचाउ गरेका छन्। जोफले स्वीकार गरे कि युभेन्टसले रोनाल्डोलाई आफ्नो लागि चन्द्रमा दिने अपेक्षा गरेको थियो। पूर्व गोलकिपरले यो पनि स्वीकार गरे कि म्यानचेस्टर युनाइटेड स्टारलाई ओल्ड लेडीले हरेक कुरा गर्छन् भन्ने सोचेका थिए।
उनले टुटोस्पोर्ट डेलीलाई भने,”यो बुद्धिको बारेमा होइन, तर निर्णयहरूको बारेमा हो। यस अवस्थामा, मुख्य रूपमा खेलाडीको। च्याम्पियन खेलाडीको कुरा गर्दा यस्तै हुन्छ। उनले क्लबमा सबै एक्लै गर्न सक्दैन थिए। युभेले रोनाल्डोलाई चन्द्रमा लिएर आउ भनेर त्यति आशा गरेर बसेका थिए। तर उनी पनि हामी जस्तै मानिस नै हुन्।”
युभेन्टसमा आफ्नो अन्तिम सिजनमा, रोनाल्डोले ३३ खेलमा २९ गोल गर्दै सरी ए का सर्वाधिक गोलकर्ताको रूपमा सिजन समाप्त गरेका थिए।