आचार्य चाणक्य एक महान विद्वान मात्र थिएनन् तर उनी एक राम्रो शिक्षक पनि थिए। उनले विश्व प्रसिद्ध तक्षशिला विश्वविद्यालयबाट शिक्षा लिए र त्यहाँ नै आचार्य पदमा विद्यार्थीलाई मार्गदर्शन पनि दिए। उनी एक कुशल कूटनीतिज्ञ, रणनीतिकार र अर्थशास्त्री पनि थिए। आचार्य चाणक्यले आफ्नो जीवनमा अनौठो परिस्थितिको सामना गरे तर कहिल्यै हार मानेनन् र आफ्नो लक्ष्य हासिल गरका थिए। चाणक्यद्वारा लिखित नीतिशास्त्रमा सफलता प्राप्त गर्नका लागि धेरै महत्त्वपूर्ण कुराहरू भनिएको छ, यदि मानवले आफ्नो जीवनमा यी कुराहरू पालना गर्यो भने एक दिन अवश्य सफलता मिल्छ। त्यसोभए जानौं चाणक्य नीतिले सफलता प्राप्त गर्ने बारे के भन्छ त ?

गोप्य कार्य र योजना
आचार्य चाणक्यले कुनै पनि काम वा त्यसको योजनाको बारेमा कसैसँग छलफल गर्न नहुने, बरु पूर्ण समर्पणका साथ काम पूरा गरेपछि सबैलाई त्यसको बारेमा बताउनुपर्ने बताउछन्। चाणक्यका अनुसार यदि तपाईंले आफ्नो कार्य सम्बन्धित योजनाहरू अरू कसैलाई जानकारी दिनुभयो भने, तपाईंको कार्यमा सफलता मिल्ने सम्भावना कम हुनेछ।
भय माथि आक्रमण
आचार्य चाणक्यले भनेका छन् कि यदि तपाईंमा डर आयो भने डर माथि आक्रमण गर्नुहोस्, अर्थात् कुनै काम गर्दा समस्याको कारणले डर लाग्न थाल्यो भने साहसका साथ सामना गर्नुपर्छ र पूर्ण समर्पणका साथ मनको डर हटाउनु पर्छ। मनमा लागेको डर हटाएर लगनका साथ काम गर्दै अगाडी बढ्नु पर्छ।
वर्तमानमा कार्य गर्नुहोस्
नीतिशास्त्र अनुसार, आफ्नो विगतको बारेमा सोचेर पछुताउनु हुँदैन र भविष्यको परिणामको बारेमा सोचेर चिन्तित हुनु हुँदैन। चाणक्यका अनुसार एक बुद्धिमान व्यक्ति त्यो हो जसले आफ्नो वर्तमानमा ध्यान दिन्छ र त्यसलाई राम्रो बनाउने प्रयास गर्दछ। वर्तमान समयमा कडा परिश्रम गर्ने व्यक्तिले भविष्यमा पक्कै सफलता पाउँछ।

