“यो वर्ष बेन्जेमाले ब्यालोन डी’ ओर जिते फुटबलको जीत हुनेछ”

रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा यस वर्षको ब्यालोन डी’ओर अवार्ड जित्ने दाबेदारका रूपमा अगाडी आएका छन्। क्लब र देशको लागि उनको शानदार प्रदर्शन पछि उनलाई धेरैले फ्रेन्च स्टारलाई दाबेदारको रूपमा हेरिएको छ। यस्तोमा फ्रान्सेली खेलाडीलाई रियल म्याड्रिडका साथी अल्भारो ओड्रिओजोलाको साथ पाएका छन्।

“बेन्जेमाले ब्यालोन डी’ओर जित्नु फुटबलको लागि जित हुनेछ,” ओड्रिओजोलाले डायरो एएस मार्फत भने। स्पेनिस खेलाडी एक मात्र खेलाडी हैनन् जसले फ्रान्सेली खेलाडीलाई ब्यालोन डी’ओर जित्न समर्थन गरेका छन्। लस ब्लान्कोसका पूर्व प्रशिक्षक जिनेदिन जिदानले भर्खरै ब्यालोन डी’ ओर दौडमा स्ट्राइकरको समर्थन गरेका छन्।

“करिम राम्रो फर्ममा छन्। म उनलाई बालोन डी’ओर दिनेछु। उनी यसको योग्य रहेका छन्,” जिदानले गत महिना भनेका थिए, “बेन्जेमा यसको हकदार छन्। उनी एक अविश्वसनीय खेलाडी हुन् र उनलाई प्रशिक्षण गर्नु मेरो भाग्यको कुरा थियो। उनलाई मैदानमा सबै कुरा कसरी गर्ने थाहा छ। उनी [सबैको] माथि छन् र मलाई लाग्छ छ कि उनलाई ब्यालोन डी’ओरबाट पुरस्कृत गर्न सकिन्छ।”

त्यसैगरी, रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पनि करिम बेन्जेमा यस वर्ष ब्यालोन डी’ ओरको हकदार रहेको विश्वास गर्छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१३:०७

युभेन्टसले रोनाल्डोलाई चन्द्रमा लिएर आउछन् भन्ने आशा गरेका थिए भन्दै कुर्लिए यी दिग्गज !