फ्रान्स फर्किएपछि मेस्सीले भने,”पीएसजीलाई उत्कृष्ट बनाउन ज्यान पनि दिन तयार छु”

पीएसजीका फरवार्ड लियोनल मेस्सीले यस साताको अन्त्यमा नान्टेससँगको लिग १ भिडन्त अघि क्लबमा फर्किएपछि बलियो सन्देश पठाएका छन्। अर्जेन्टिनालाई २०२२ विश्वकपमा छनौट गराएका मेस्सीले क्लबले यस सिजनका लागि राखेका उदेश्य प्राप्त गर्नको लागि आफ्नो ज्यान समेत दिन तयार रहेको वाचा गरेका छन्।

मेस्सीले अन्तर्राष्ट्रिय ब्रेकको समयमा फिफा विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनाका लागि दुई खेल खेले। जसपछि ३४ वर्षीय स्टारले अब पीएसजीलाई यस सिजनको आफ्नो महत्वाकांक्षी लक्ष्यहरू पूरा गर्न मद्दत गर्न आफ्नो ध्यान केन्द्रित गरेका छन्।

पेरिस फर्किएपछि उनले आफ्नो इन्स्टाग्राममा लेखे,”कतारमा हुने विश्वकपमा छनोट हुने लक्ष्यमा पूरा गरेको खुसीका साथ भर्खरै म पेरिस आइपुगेको छु। तपाईंले हामीलाई दिनुभएको सबै मायाको लागि धेरै धेरै धन्यवाद।”

 

View this post on Instagram

 

A post shared by Leo Messi (@leomessi)

यसै समरमा बार्सिलोनाबाट पीएसजीमा आवद्ध भएदेखि लियोनल मेस्सीले फ्रान्समा आफ्नो करियरको सुस्त सुरुवात गरेका छन्। यद्यपि ६ पटकका ब्यालोन डी’ ओर विजेताले क्लबमा भाग्य बदल्न संघर्ष जारी राख्ने आफ्नो जोस कायम राखेका छन्। यस सम्बन्धमा मेस्सीले भने,”अब यो नयाँ परिप्रेक्ष्यको समय हो, किनकि म सधैं पीएसजीमा हामीले यहाँ सेट गरेका लक्ष्यहरू प्राप्त गर्न संघर्ष गरिरहन चाहन्छु। म केन्द्रित रहन चाहन्छु र यसलाई प्राप्त गर्न काम गर्न चाहन्छु। २०२२ आउन अब डेढ महिना मात्र बाँकी छ। म यस वर्षको अन्त्य सम्भव भएसम्म राम्रो तरिकाले गर्न चाहन्छु, र फ्रान्समा अझ राम्रो समय बिताउन चाहन्छु।”

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१७:००

पोग्बा युनाइटेडबाट आउट !