आज मङ्सिर ३ गते शुक्रबार: कुन राशिलाई कति शुभ रहला दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईंको लागि यस दिन अनुकूल रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। आर्थिक रूपले पनि तपाईंको लागि यो समय अनुकूल रहनेछ। परिवारका सदस्यसँग रमणीय समय बिताउनु हुनेछ। आमाको तर्फबाट लाभ मिल्ने सम्भावना रहेको छ। आफन्त तथा मित्रसँग भेटघाटको योग बन्नेछ।
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)

तपाईंको लागि यस दिन त्यति शुभ नरहला। यस दिन घट्ने घटनालाई लिएर मनमा चिन्ता रहन सक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउला। आफन्तसँग मनमुटावको स्थिति बन्न सक्छ। नयाँ कार्य यस दिन सुरु नगर्दा नै राम्रो होला। आयको हिसाबले खर्चको मात्रा उच्च रहन्छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईंको लागि यस दिन निकै लाभदायक रहनेछ। विवाह हुने योग रहेको छ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। साथी-भाईसँगको भेटघाटले मन प्रशन्न रहनेछ। मित्रगणबाट लाभ पनि मिल्नसक्छ। विशिष्ठ भोजनको अवसर मिल्नेछ। स्त्री मित्रबाट विशेष सहयोग तथा लाभ मिल्ने संकेत रहेको छ। व्यापारमा सफलता मिल्नेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाईंको लागि यस दिन अनुकूल नै रहनेछ। हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंको कामले प्रशन्न रहनेछन्। पदोन्नतीको पनि योग रहेको छ। उच्च अधिकारीहरूसँग महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। परिवारका सदस्यहरूसँग मनमुटावपूर्ण कुराकानी हुनसक्छ। कार्य सन्दर्भमा बाहिर जान सकिन्छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। तपाईंको प्रयास पूर्वनिर्धारित काममा हुनेछ। धार्मिक तथा शुभ कार्यमा व्यस्त रहने सम्भावना रहेको छ। धार्मिक यात्राको आयोजना गर्न सकिनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला, अन्यथा काम बिग्रन पनि सक्छ। विदेशमा बस्ने आफन्तबाट शुभ समाचार सुन्न पाइनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

कुनै पनि नयाँ कामको थालनी गर्न यस दिन राम्रो छ। खानपानमा विशेष ध्यान दिनुहोला, अन्यथा स्वास्थ्यमा समस्या आउनसक्छ। बोलीमा संयम राख्नु होला । परिवारका सदस्यहरूसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। पानीबाट टाढा रहनुहोला, हानि हुनसक्छ। धन खर्च बढी हुनेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

तपाईंको यस दिन हर्षोल्लासमा बित्नेछ। प्रेमको लागि यस दिन राम्रो छ र तपाईंले आफ्नो प्रियजनको संगतको आनन्द उठाउनुहुनेछ। नयाँ कपडा किन्ने अवसर मिल्नेछ। शाररिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। राम्रो भोजन र दाम्पत्य सुखको अनुभूति हुनेछ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

घरमा सुख शान्तिको वातावरण रहनेछ। तपाईंको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। अत्यावश्यक वस्तुमा मात्रै पैसा खर्च हुनेछ । बिरामीको स्वास्थ्यमा सुधार आउनेछ । प्रतिद्वन्द्वी र शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। कार्यालयमा सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ। महिला साथीहरूसँग भेटघाट हुनेछ। धन आर्जन हुनेछ र अधुरा काम पुरा हुनेछन् ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

यस दिन यात्रा नगर्नु नै राम्रो होला। सन्तानको स्वास्थ्यको चिन्ताले मन अशान्त रहनेछ। कार्य सफलता नमिल्दा मन चिन्तित रहन सक्छ। साहित्य र कला क्षेत्रमा रुचि बढ्नेछ। अनावश्यक बहसबाट टाढा रहने प्रयास गर्नुहोस्। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, सजग रहनुहोला। घरपरिवारमा अशान्तिपूर्ण वातावरणले मन दुखी रहनेछ। शरीरमा उर्जा र प्रफुल्लताको कमी रहनेछ। प्रियजनसँग विवाद हुन सक्छ। मानहानि हुने सम्भावना छ । छाती सम्बन्धि समस्याले सताउन सक्छ। मानसिक आवेग र प्रतिकुलता बढ्ने कारण तपाईंको दिन व्यस्त रहनेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

मानसिक रुपमा निकै हलुका महसुस गर्नुहुनेछ। मनमा लागेको चिन्ताको बादल हट्दै जाँदा उत्साह बढ्नेछ। घरमा दाजुभाइ दिदीबहिनीसँग मिलेर कुनै कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको छ। उनीहरुको साथमा समय खुसीसाथ बित्नेछ । मित्र तथा आफन्तसँग भेटघाट हुनेछ । प्रतिद्वन्द्वीमाथि विजय प्राप्त हुनेछ। भाग्य वृद्धिको योग रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

खर्चमा संयम राख्न सल्लाह छ। क्रोध र जिब्रोमा संयम राख्नुहुन भने मानसिक पीडा हुने सम्भावना रहन्छ । पैसाको लेनदेनमा सावधानी अपनाउनुहोला । तपाईंको शारीरिक र मानसिक स्वास्थ्य मध्यम रहनेछ। परिवारका सदस्यहरूसँग मनमुटावको सम्भावना छ। मनमा नकारात्मक विचार आउन नदिनुहोस् र खानपानमा संयम राख्नुहोस्।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१७:४२

भोलि मङ्सिर ३ गते शुक्रबार: कुन राशिमा रहला माता लक्ष्मीको कृपा, हेर्नुहोस् दैनिक राशिफल !