कारोबार हुने हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य !

काठमाडौं – कारोबार हुने अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ। महिनाको पहिलो दिन बुधबार घटेर मङ्सिर २ गते बिहिबार बढेको सुनको मूल्य आज सामान्य रुपमा घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ४ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस हप्ता सुनको मूल्य

यस हप्ता छापावाला सुन ९४ हजार ३ सय देखि ९४ हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९३ हजार ८ सय देखि ९४ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज नेपाली बजारमा सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु ५ ले घटेर १ हजार २ सय ७५ कायम भएको छ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१०:४७

अरब सागरको प्रणालीको नेपालमा असर ! कहिले देखि सुध्रिएला मौसम ?