रोनाल्डोले गरेको फुटबल इतिहास कै सर्वोत्कृष्ट गोल, जसले मान्यता नै पाएन [भिडियो सहित]

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले गरेको एक उल्लेखनीय बाइ-साइकल किक गोललाई गलत रूपमा अस्वीकार गरिएको थियो जुन उनको करियरमा उनको उत्कृष्ट प्रयासहरू मध्ये एक रहेको छ। रोनाल्डोले २००६ मा युईएफए युरो छनोट खेलमा अजरबैजान विरुद्ध पोर्चुगलको लागि जादूमय क्षणको सिर्जना गरेका थिए।

एक अत्यन्त सुन्दर टिम मुभको क्रममा तत्कालिन रोनाल्डोका टिममेट मिगुएलले बक्समा बल प्रदान गरे जसलाई डेकोले निकै आकर्षक रूपमा नियन्त्रण गर्दै रोनाल्डो तर्फ बल प्रहार गरे जसमा रोनाल्डोले निकै सुन्दर बाइ-साइकल प्रहार गरेका थिए। ५ पटकका ब्यालोन डी ओर विजेताले निकै मीठो प्रहार गरेको बल क्रसबारमा ठोक्किएर गोललाइन क्रस गर्दै पुन: बाउन्स भएको थियो।

तर रोनाल्डोको उक्त उत्कृष्ट गोलले मान्यता भने पाउन सकेन। मान्यता पाएको भए निकै उत्कृष्ट गोल हुने थियो त्यो गोल। हेर्नुहोस् यो भिडियो:-

रोनाल्डोको अस्वीकृत प्रयासले फ्यानहरू निकै क्रोधित भएका थिए। एकजनाले ट्वीट गरे: “सबैभन्दा स्पष्ट बाइ-साइकल मध्ये एक।” दोस्रोले लेखे: “यो वास्तवमा फुटबलको इतिहासमा उत्कृष्ट गोलहरू मध्ये एक थियो, यो अस्वीकृत हुनु लाजमर्दो कुरो हो!”

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१३:०६

यस्ता ३ गम्भीर कारणले मेस्सी बार्सिलोना छाड्न बाध्य भएछन्, भयो यस्तो सनसनीपूर्ण खुलासा !