२०२१ मा सबैभन्दा बढी गोल गर्ने ब्यालोन डी ओर ६ दाबेदार, प्रमुख दाबेदार भनेका मेस्सी टप ३ पनि हैनन् !

२०२१ ब्यालोन डी’ओर अवार्डका लागि ३०-व्यक्तिको छनोट सूचीमा पूर्व विजेताहरू, अनुभवी खेलाडी र युवा स्टारको राम्रो मिश्रण रहेको छ। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले यो वर्ष पनि क्लब र देशका लागि उल्लेखनीय संख्यामा गोल गरेका छन्।

यद्यपि यती दुबै स्टारले यो वर्ष लिग उपाधि जित्न सकेनन्, पूर्व बालोन डी’ओर विजेताहरू मध्य ३० को उमेरमा पनि यस अवार्डका लागि बलियो दाबेदार रहेका छन्। यसैबीच, रोबर्ट लेवान्डोस्की र करिम बेन्जेमालाई पनि यस वर्षको बालोन डी’ओर अवार्डका लागि प्रवल दाबेदार मानिएको छ। त्यस्तै, चेल्सीका जोर्गिन्हो, क्लब र देशका लागि उत्कृष्ट गोलकर्ता नभए पनि यस वर्ष बालोन डी’ओर उपाधिको लागि दाबेदार मानिएको छ।

इतिहास हेर्ने हो भने प्राय: ब्यालोन डी ओर अवार्ड आक्रामक खेलाडीहरुले प्राप्त गर्ने गरेका छन्। यो क्रम यस वर्ष पनि जारी रहन सक्छ। यस्तोमा, आज यस वर्ष क्लब र देशका लागि सबैभन्दा धेरै गोल गर्ने ६ ब्यालोन डी’ओर २०२१ का दावेदारका बारेमा जानौं….

६. मोहम्मद सलाह (इजिप्ट/लिभरपुल) – ३२ गोल

५. करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड) – ४० गोल

४. लियोनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन) – ४० गोल

३. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/म्यानचेस्टर युनाइटेड) – ४२ गोल

२. किलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन) – ४२ गोल

१. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्यन म्युनिख) – ६१ गोल

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१३:०१

चल्यो मेस्सीको जादू: फ्रेन्च लिगमा भयो कायापलट, जिरोबाट हिरो नै भयो लिग त !