दुबईबाट आउँदा कट्टुमा लुकाएर सुनको धुलो ल्याएका थिए, नेपाल झर्ने बितिकै पक्राउ !

काठमाडौँ – दुबईबाट सुन लिएर आएका दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गरिएकाहरुमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहनी रहेका छन्। दुवैलाई विमानस्थलको पार्किङस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई त्रिभुवन विमानस्थलको सुरक्षा टोली र अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताइएको छ।

पक्राउ पर्ने दुवै जना दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका थिए। शंका लागेर चेकजाँच गर्दा दुवैले कट्टुमा लुकाएर सुन ल्याएको पाइएको थियो।

दुबई विमास्थलमा सुन पठाउने गिरोहले दुवैलाई सुनको धुलो भएको कट्टु लगाएर जान लगाएका थिए। भित्री कपडामा गोजी बनाएर सेतो पोलीथिनमा बेरेर सुनको धुलो ल्याएको प्रहरीले जनाएको छ।

यस्तै सोहि विमानमा आएका अर्का एक व्यक्तिबाट १५० ग्राम सुन लिँदै गरेको अवस्थामा दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कन्चनपुरका धर्मबहादुर सुनार र खोटाङका हरीप्रसाद गिरी रहेका छन्। उनीहरुको साथबाट ५० ग्रामका दरले तीनवटा सुनका बाला बरामद भएको छ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१४:५२

मुलुकभर चिसो बढ्यो, औषत तापक्रम ३० वर्षकै कम !