बालोन डी’ओर जित्ने बेनेज्माको सपना, भन्छन् – रोनाल्डोले जित्दा मैले पनि जित्छु लागेको थियो

एजेन्सी – सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि क्लबको मुख्य स्ट्राइकरको रुपमा करिम बेन्जेमा रहेका छन्। धेरैले बेन्जेमा माथि शंका गरेपनि उनले आफूलाई लगातार प्रमाणित गर्दै आएका छन्।

रोनाल्डो गएपछि पनि रियलले सफलता हाँसिल गर्नुमा यदि सबै भन्दा बढी श्रेय कसैलाई जान्छ भने ती बेन्जेमा हुन्। रोनाल्डो गएपछि उनी लगातार गोलवर्षा गरिरहेका छन्। बेन्जेमा गोलमा मात्र नभई असिस्टमा पनि अब्बल देखिएका छन्।

जारी सिजनमा अपनी बेनेज्मा राम्रो लयमा देखिएका छन्। भन्ने नै हो भने उनी पछिल्ला सिजनहरु भन्दा पनि राम्रो लयमा देखिन्छन्। सिजनका ११ खेल खेल्दा उनले रियलका लागि १० गोल गरिसकेका छन् भने ७ असिस्ट दिसकेका छन्। बेन्जेमा गोल र असिस्ट दुवैमा लालिगाको शिर्ष स्थानमा छन्।

केहि दिनमा घोषणा हुन लागेको बालोन डी’ओरका बेन्जेमा एक प्रमुख दाबेदार पनि हुन्। गएको एक दशक देखि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उनले बालोन डी’ओर जित्नुपर्ने मत धेरैले राख्छन्। बेन्जेमा आफैं पनि बालोन डी’ओर जित्ने सपना देख्छन्।

रोनाल्डोले बालोन डी’ओर जितेको देख्दा आफूले पनि जित्न सक्छु भन्ने लागेको बेन्जेमा बताउँछन्। केहि समय अगाडी मात्रै बेन्जेमाले बताएका थिए कि रोनाल्डोले जितेको देख्दा आफूले पनि पछि गएर जित्छुकि भन्ने उनलाई लाग्छ।

“बालोन डी’ओर जित्ने चाहना धेरै पूरानो हो। जब मैले रोनाल्डोले जितेको देखें, तब म पनि जित्न सक्छु कि भन्ने लागेको थियो।”,एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा बेन्जेमाले बताएका थिए।

बेन्जेमा बालोन डी’ओरको धेरै नजिक छन्, यति नजिक उनी फुटबल करियर कहिले पनि भएका थिएनन्। फ्रान्सले नेसन्स लिग जित्दा मुख्य भूमिका खेलेका उनले गएको सिजन लालिगामा रियल म्याड्रिडका लागि २३ गोल गरेका थिए।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१६:५३

आफ्नो पद बचाउन सोल्स्कजायरले रोनाल्डोसँग गुहार मागे, रोनाल्डो असन्तुष्ट !