आफ्नो पद बचाउन सोल्स्कजायरले रोनाल्डोसँग गुहार मागे, रोनाल्डो असन्तुष्ट !

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरमा निरन्तर दबाब बढ्दै गएपछि, प्रशिक्षकले यस हप्ता क्लबका प्रमुख खेलाडीहरूसँग वार्ता गरेका छन्। नर्वेजियन प्रशिक्षकले हाल क्लबको मैदानमा रहेका समस्याहरूको समाधान खोजिरहेका छन्।

लिभरपुल र म्यानचेस्टर सिटी विरुद्धको अपमानजनक हारपछि पूर्व युनाइटेड स्टारको पद हाल धरापमा परेको छ। डेली मेलका अनुसार, सोल्स्कजायरले यसको समाधान खोज्ने प्रयासमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डिस, ह्यारी मागुइर, ल्यूक श, भिक्टर लिन्डेलोफ र नेमान्जा म्याटिक जस्ता स्टार खेलाडीसँग वार्ता गरेका छन्। प्रशिक्षकले यी स्टारलाई बिहीबार बिहान १० बजे क्लबको क्यारिङटन प्रशिक्षण केन्द्रमा भेट्न बोलाएका बुझिएको छ।

युभेन्टसबाट म्यानचेस्टर फर्किएका रोनाल्डो हाल क्लबको स्थिति देखेर निकै निराश हुदै गएको पनि धेरै रिपोर्टहरुले जनाएका छन्। यस्ता रिपोर्टका मान्ने हो भने यदि म्यानचेस्टर युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुन नसकेको खण्डमा रोनाल्डोले क्लब छाड्ने सोच बनाईसकेका छन्।

सोल्स्कजायरको पद धरापमा

अहिले सम्म खराब प्रदर्शनको दबाबको बाबजुद पनि युनाइटेड सोल्स्कजायरको साथमा उभिएको छ। म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको निकै महत्वपूर्ण खेल खेल्नु अघि शनिबार प्रिमियर लिगमा वाटफोर्डको सामना गर्नेछ। यी दुई खेल मध्ये एक खेलमा मात्र पराजित भए मात्र पनि सोल्स्कजायरको प्रशिक्षक पद जान सक्ने सम्भावना उच्च रहेको छ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१७:१८

“मेस्सी, नेयमार र एम्बाप्पेलाई व्यवस्थापन गर्न कम्ति गार्हो छैन, कसले बुझ्ने हाम्रो पिडा?”