मङ्सिर १० गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

साता नराम्रो छैन । मङ्गलबारसम्म धेरै काम बन्नेछन् । जाँगर बढी रहला । महìवपूर्ण व्यक्तिसँग पनि भेटघाट हुनसक्छ । मङ्गलबारको बेलुकीदेखि स्वास्थ्यसम्बन्धी समस्या परेर केही बाधा उपस्थित हुनसक्छन् । व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

सातालाई निकै राम्रो रूपमा लिन सकिन्छ । सुरुका दिनमा मित्रसँग भेटघाट हुने र भोजभतेरसमेत पर्ने सम्भावना छ । आर्थिक स्थिति राम्रो खालको रहला, नयाँ कामसमेत हातमा पर्न सक्छन् । व्यापार, व्यवसायमा भने त्यति ठूलो प्रगति देखिन्न ।

मिथुन (का कि कु घ ङ छ के को हा)

सुरुका दुई दिनमा प्रशस्त खर्च हुनेछ । हातले समातेको व्यवसायमा बाधाहरू आउनाले पनि मन खिन्न होला । नारायणको दर्शन गरेमा त्यस्ता बाधालाई हटाउन सकिनेछ । खर्चको मात्रा भने घट्ने देखिन्न । ज्ञानको क्षेत्रमा केही बढोत्तरी नै हुनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

स्वास्थ्यका कारणले खर्च भइरहला । मनमा चाहिने नचाहिने शङ्का उठेर पूरा गर्नुपर्ने लक्ष्यमा बाधा आउन सक्छ । रिस गर्ने विपक्षीहरू बढी रहेका छन् । बगलामुखीको सेवा नगरीकन तिनीहरूमाथि विजय पाउन गाह्रो छ । व्यापार र व्यवसायले भने अलिकति टेवा देला ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

मध्यम खालको समय छ । आधा काम बन्ला भने आधा बाँकी रहनेछन् । मद्दत दिने मित्रको सङ्ख्या साह्रै कम छ । बौद्धिक स्थिति त्यति कमजोर छैन । सुरु र पछिल्ला दिनहरू राम्रा छन् । मध्य भागले चिन्ता बढाउला ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

सातालाई राम्रै रूपमा लिन सकिन्छ । अलिकति खर्चको मात्रा बढे पनि सानातिना समस्या सजिलैसित समाधान भएर जानेछन् । व्यापार र व्यवसायको कामबाट मनग्गै लाभ उठाउन सक्नुहुनेछ । मित्रहरू पनि असल खालका छन् र मद्दत नै दिनेछन् ।

तुला (र रि रु रे रो ता ति तु ते)

सुरुका दुई दिन त्यति राम्रा छैनन् । सोच्दै नसोचेको समस्या आएर मनमा खिन्नता होला । त्यसैले शनिबारको दिनमा बिहानै शिवजीको दर्शन गर्नुहोस् । सोमबारदेखिका बाँकी दिन राम्रा खालका छन् । अलिअलि खर्च भए पनि महत्वपूर्ण काममा सफलता नै पाउनुहुने छ ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

मनमा डर लागिरहला । त्यसैले निर्णय गर्ने शक्ति हाल कमजोर देखिन्छ । शिक्षाको क्षेत्रमा पनि व्यवधान नै आउने स्थिति छ । विवाहसम्बन्धी कुरामा बाधा आउला । पारिवारिक मद्दत पनि सोचेको जति मिल्ने छैन । विदेश यात्राको सम्भावना ज्यादै कमजोर छ ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

आय र व्यय बराबरै छ । प्राविधिक प्रतिभाबाट आएको आयलाई पारिवारिक समस्या हल गर्नका लागि खर्च गर्नु पर्नेछ । माङ्गलिक काममा बाधा परेको अनुभव होला । त्यसैले कतैबाट विवाहसम्बन्धी प्रस्ताव आएमा झट्ट निर्णय नलिनुहोस् ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

खर्च भए पनि राम्रो काममा नै हुनाले त्यति खिन्नता हुने छैन । यात्राको सम्भावना टड्कारो रूपमा देखिन्छ । सम्मान र प्रतिष्ठा बढी रहला । त्यस्तै लगनशीलता पनि प्रशस्त बढेको छ । जागिरबाट भन्दा व्यापार, व्यवसायबाट बढी लाभ लिन सक्नुहुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

शनिबार र आइतबार स्वास्थ्यसम्बन्धी समस्या परेर लक्ष्य पूरा गर्न ढिलो होला । यो सातामा अनेकौँ बाधा आउनाले थोरै मात्र काम बन्न सक्छ तर साहस घट्ने बेला छैन । भ्रमण भइरहला र भ्रमणबाट फाइदा पनि हुनेछ । प्रेमको सम्बन्धमा अझै पनि गति आउन सकेको छैन ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

मनमा डर लागिरहला । त्यस्तै व्यस्तता पनि बढिरहनेछ । नयाँ काम हातमा पर्न सक्छन् । आर्थिक स्थिति पहिलेको जस्तो खराब देखिन्न । मद्दत दिने मित्रको सङ्ख्या कम भए पनि आफ्नै प्रतिभाले लक्ष्य पूरा गर्नु हुनेछ । गणेशको आराधना भने गरी नै रहनुहोस् ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, मङि्सर ०४, २०७८०८:५८

भोलि मङ्सिर ५ गते आईतबार, कस्तो रहला तपाइको दिन? हेर्नुहोस राशिफल!