शिर्ष स्थानको चेल्सीलाई १२ औं स्थानको लेस्टरले तह लगाउन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – इन्टरनेसनल ब्रेक पछि क्लब फुटबल पुनः सुचारु भएको छ। यससँगै युरोपका शिर्ष लिगहरु धेरै क्लब बीच प्रतिष्पर्धा पुनः शुरु भएको छ। इन्टरनेसनल ब्रेक पछिको पहिलो प्रिमियर खेलमा आज लेस्टर सिटी र चेल्सी भिड्दै छन्।

जारी सिजनमा खासै सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेको लेस्टरले उच्च लयमा रहेको चेल्सीको सामना गर्न लागेको हो। खेल लेस्टर सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार ६ बजेर १५ मिनेटमा शुरु हुनेछ।

हाल लेस्टर प्रिमियर लिगको १२ औं स्थानमा छ। सिजनका ११ खेल खेल्दा लेस्टरले मात्रै ४ खेलमा जित निकालेको छ। बाँकी ४ खेलमा हारेको छ भने ३ खेलमा बराबरी खेलेको छ। लेस्टरको १५ अंक छ।

यता चेल्सी भने जारी सिजनमा उच्च लयमा छ। चेल्सीले जारी सिजनमा एक पटक मात्र हारेको छ भने २ खेलमा बराबरी खेलेको छ। ८ खेल जितिसक्दा चेल्सीको २६ अंक रहेको छ। चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ३ अंकले अगाडी छ।

खेल कुन च्यानलम हेर्ने ?

लेस्टर सिटी र चेल्सी बीच हुने खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। यी दुई बीचको खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट १ मा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, मङि्सर ०४, २०७८१३:२०

विश्वकप छनौटमा हावा खाएपनि वाटफोर्ड विरुद्ध उच्च मनोबलका साथ उत्रँदै रोनाल्डो ! खेल कुन च्यानलमा ?