बार्सिलोनाका अधिकारीले भने – “पिएसजीले तेलको पैसा खन्याउँछ, हामीले कसरी प्रतिष्पर्धा गर्न सक्नु”

एजेन्सी – बार्सिलोनाका फुटबल निर्देशक माटेउ अलेमानीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को चर्को आलोचना गरेका छन्। एक स्पेनिस मिडियासँग कुराकानी गर्नेक्रममा अलेमानीले ट्रान्सफर मार्केटमा भइरहेको खर्चलाई लिएर पिएसजीको चर्को आलोचना गरेका हुन्।

स्पेनिस मिडिया स्पोर्ट्ससँग कुराकानी गर्दै अलेमानीले फेयर प्ले नियम बाहिर रहेर खर्च गरिरहेको भन्दै पिएसजीको आलोचना गरे। पिएसजीले तेलको पैसा ल्याएर फुटबलमा रवाफ देखाइरहेको उनको भनाई छ। अलेमानीले यस्तै विकृतिसँग जुध्नको लागि सुपर लिग गठन गरिएको पनि बताए।

“पिएसजीले पेट्रोलियम चेकबुकबाट खर्च गर्छ र जसलाई चाहान्छ उसलाई भित्र्याउँछ। तर हामी त्यसो गर्न सक्दैनौं। समस्या त्यहि हो। हामी खर्चमा कुनै सिमा नभएका टोलीहरूसँग प्रतिस्पर्धा गर्न बाध्य छौँ। यसमा युइएफएले पनि केहि गरिरहेको छैन। त्यसैले त सुपर लिग गठन गर्न परेको हो। “,अलेमानीले भने।

स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा अलेमानीले सुपर लिग गठनको विषय बारे स्पष्ट रुपमा खुलेर बोले। उनले बताए कि सन्तुलन कायम गर्न र विभिन्न प्रकारका विसंगति विरुद्ध लड्नको लागि सुपर लिग गठन गरिएको हो।

उनले भने,”सुपर लिग सन्तुलन कायम गर्न र यी परिस्थितिहरूबाट बच्नको लागि सिर्जना गरिएको हो। स्थापित शैलीको विरुद्धमा जानु जहिले पनि कठिन हुन्छ। क्लबको दृष्टिकोण र संस्कृति परिवर्तन गर्नु हुन्छ।”

ट्रान्सफर मार्केटमा पहिला हावी हुने गरेको बार्सिलोना गएको केहि सिजन देखि निष्क्रिय हुँदै गएको छ। आर्थिक समस्याका कारण बार्सिलोनाले खुलेर खेलाडीहरु भित्र्याउन सकिरहेको छैन। जसकारण बार्सिलोना निरन्तर कम्जोर हुँदै गएको छ। जारी सिजनमा बार्सिलोना लालिगाको शिर्ष चारमा समेत पर्न सकिरहेको छैन।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८१०:१९

स्टर्लिङले गार्डियोलालाई भने – ‘बार्सिलोनामा मेरो खाँचो छ’