एजेन्सी – रहिम स्टर्लिङले यसै जनवरीमा म्यानचेस्टर सिटी छोड्ने निर्णय गरेका छन्। बेलायतका विभिन्न संचार माध्यमहरुले सार्वजनिक गरेको खबर अनुसार स्टर्लिङ आउने ट्रान्सफर विन्डोमै सिटी छाड्न चाहन्छन्।
सिटीमा स्टर्लिङको भूमिका खुम्चिरहेको छ। पहिला उनले सिटीमा जति मौका पाउँदै आएका थिए, त्यति मौका पाउन छाडेका छन्। जसले गर्दा उनी नयाँ गन्तव्यको खोजिमा जुटिरहेका छन्। स्टर्लिङको नयाँ गन्तव्यको बार्सिलोना हुने धेरैको अनुमान छ। गएको केहि महिना देखि लगातार उनी बार्सिलोना जाने तयारी गरिरहेको चर्चा चलिरहेको छ।
बताएअनुसार, बार्सिलोना पनि स्टर्लिङलाई भित्र्याउन इच्छुक छ। आउने जनवरी ट्रान्सफर विन्डोमा नयाँ फरवार्ड भित्र्याउने योजना अनुरुप बार्सिलोनाले स्टर्लिङलाई भित्र्याउन आँटेको बताइन्छ।
स्टर्लिङले गार्डियोलालाई गराए जानकारी
स्टर्लिङले आफू सिटी छाड्ने योजनामा रहेको बारे सिटीका प्रशिक्षक पेप गार्डियोलालाई समेत जानकारी गराएका छन्। स्पेनिस मिडिया स्पोर्ट्सले गरेको दावी अनुसार स्टर्लिङले आफू बार्सिलोना जान चाहेको गार्डियोलालाई स्पष्ट रुपमा बताइसकेका छन्। त्यसविषयमा गार्डियोला पनि सकारात्मक रहेका छन्।
स्टर्लिङ लोनमा बार्सिलोना जाने
बार्सिलोना अहिले कुनै पनि खेलाडीका लागि खर्च गर्न सक्ने अवस्थामा छैन। यदि बार्सिलोनाले स्टर्लिङ भित्र्याउन चाहेकै हो भने लोनमा भित्र्याउनु पर्नेछ।

