एजेन्सी : बुध ग्रह आज यानी मंसिर ५ गते(२१ नोभेम्बर) वृश्चिक राशिमा प्रवेश गर्दैछ। ग्रहको राजा सूर्य पहिल्यैदेखि यहीँ राशिमा विराजमान छन्। सूर्य र बुध एउटै राशिमा हुँदा यिनको मिलनले बुधादित्य योग बन्छ। बुध धनको र सूर्य सफलताको कारक हुन्। अतः यी दुई ग्रहको मिलन केही राशिहरुका लागि अत्यन्तै शुभ साबित हुनेछ। बुधादित्य योगले जातकलाई प्रगति, पैसा र सम्मान दिलाउँछ। आजबाट सुरु हुने बुधादित्य योग मंसिर २४ गते(१० डिसेम्बर) सम्म रहनेछ र ५ राशिका जातकको भाग्य चम्किनेछ।
बुधादित्य योगले हुनेछ पैसाको वर्षात् : –
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – यस राशिको जातकलाई करियर र धनको मामिलामा जबरदस्त लाभ हुनेछ। यस बाहेक यस राशिको वैवाहिक जीवन पनि शानदार रहनेछ। पार्टनरसँग गुणस्तरीय एवं स्मरणीय पलहरु बित्नेछ। साझेदारीमा व्यापार-व्यवसाय गर्ने मानिसहरुलाई अथाह धन लाभ हुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – कर्कट राशिका जातकलाई करियरमा उल्लेखनीय सफलता मिल्नेछ। घरमा शुभ या माङ्गलिक कार्य हुन् सक्छ। प्रेम जीवनमा केही बदलाव आउन सक्छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – यो बुधादित्य योगले सिंह राशिको जातकलाई कार्यस्थलमा सफलता दिलाउनेछ। नयाँ गाडी खरिद गर्नतिर तपाईको मन जान सक्छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिका जातकले आफ्नो रोजेको र खोजेको जस्तै काम पाउनेछन्। मनपर्ने ठाउँ या प्रोजेक्टमा ट्रान्सफर हुन् सक्नुहुन्छ। कार्यस्थलमा जिम्मेवारी बढ्न सक्छ तर यसले तपाईलाई लाभ नै हुन्छ। कुराकानीको क्रममा सतर्क रहनुहोला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मकर राशिका जातकले अप्रत्याशित रुपबाट धन लाभ हुनेछ। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ।