ग्रहचक्रमा बुधको ठूलो उथलपुथल, यी ३ राशिलाई अत्यन्त अशुभ !

महान ग्रह बुधले तुला राशिको यात्रा समाप्त गरेर नोभेम्बर २१ गते बिहान ४ः४८ बजे वृश्चिक राशिमा प्रवेश गरेको छ। यो राशिमा  मंसिर १० गते बिहान ६ः०३ बजेसम्म गोचर भएर बुध ग्रह  त्यसपछि धनु राशिमा सर्नेछन् । मिथुन र कन्या राशिको स्वामी बुधलाई मीन राशिमा निम्न राशि र कन्या राशिमा उच्च राशि मानिन्छ। ज्योतिषशास्त्र अनुसार यसको प्रभाव सबैभन्दा बढी प्रभाव वाणिज्य, अर्थ, शिक्षा र न्याय मन्त्रालयमा रहने भएकाले जनताले मन्त्रीहरुको विभागमा सेवा वा व्यवसायका लागि निवेदन दिएमा राम्रो हुन्छ । यसको राशि परिवर्तनले यी राशिमा निकै नकारात्मक प्रभाव पार्नेछ।

मेष राशि

राशिबाट आठौँ आयु भावमा गोचर गर्दा बुधको प्रभाव धेरै राम्रो हुन्छ भन्न सकिँदैन। उतार चढाव आउनेछ। विशेषगरी छालासम्बन्धी रोग, पाचनसम्बन्धी विकार र एलर्जीबाट बच्नुपर्छ । आफ्नो स्वभावमा उग्रता आउन नदिनुहोला। गुप्त शत्रुबाट बच्नुहोला। अदालती सम्बन्धित मामिलालाई आपसमा सुल्झाउनु होला।

मिथुन राशि 

राशिबाट छैठौ शत्रुभावमा गोचर गर्दा बुद्धको प्रभावले उतार-चढाव रहनेछ। षड्यन्त्रको शिकार हुनबाट जोगिनुहोला । यस अवधिमा ऋणको लेनदेन पनि नगर्नुहोला। यात्राबाट लाभ मिल्नेछ।

धनु राशि 

राशिबाट बार्हौ व्यय भावमा गोचर गर्दा बुधले अत्यधिक भागदौड र खर्चको सामना गर्नुपर्नेछ। विदेशी मित्र तथा आफन्तसँग अप्रिय समाचार प्राप्तिको योग छ। विवाह सम्बन्धित कुराकानीमा थोरै ढिलाई हुन सक्छ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१०:४४

करिब १ वर्षपछि भोलिको दिन निकै विशेष, गर्नुहोस् यी काम पूरा हुनेछ सम्पूर्ण मनोकामना !