हिजो ह्वात्तै घटेको सुनको मूल्य आजै बढ्यो, कति ?

हप्ताको पहिलो दिन ह्वात्तै घटेको सुनको मूल्य दोस्रो दिन नै बढेको छ। शुक्रबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको सुनको मूल्यमा सोमबार २ सय रुपैयाँको वृद्धि आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य २ सय प्रतितोलाले बढेको छ। आइतबार तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको भाउ सोमबार २ सयले बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, तेजाबी सुनको भाउमा पनि सोमबार २ सय रुपैयाँले वृद्धि आएको छ। शुक्रबारको तुलनामा ७ सय रुपैयाँले घटेको तोलाको ९३ हजार २ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य सोमबार २ सय रुपैयाँले वृद्धि भएर तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्यमा पनि वृद्धि 

सोमबार चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। शुक्रबार १२ सय ७५ रुपैयाँमा कारोबार हुँदै आएको चाँदी आइतबार घटेर १२ सय ६० मा कारोबार भएको थियो। आइतबारको तुलनामा १० रुपैयाँले बढेर सोमबार चाँदीको मूल्य १२ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८११:१०

बढ्यो नेप्से परिसूचक: यी कम्पनीका शेयर हुने मालामाल !