आउने आइतबारसम्म यी ४ राशिका मानिसलाई अत्यन्त शुभ, कुन-कुन ?

ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिका मानिसको लागि अत्यन्तै शुभ र भाग्यशाली रहनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउने छन्। यस हप्ता ग्रह र नक्षत्रहरूको चाल यी चार राशिका मानिसहरुका लागि अनुकूल छ। जान्नुहोस् यी ४ राशिको बारेमा….

सिंह राशि 

सिंह राशिका व्यक्तिहरुका लागि यो साता एकैपटक धेरै शुभ समाचार ल्याउनेछ। अचानक धन लाभको संकेत रहेको छ। विगतमा कसैलाई दिएको ऋण फिर्ता गर्न सकिनेछ। जागिर वा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूका लागि पनि यो साता अनुकूल रहनेछ। वैदेशिक रोजगारीमा जानेहरुका लागि लाभको अवसर मिल्नेछ।

तुला राशि 

यो साता तपाईमा लक्ष्मी माताको विशेष कृपा रहनेछ। यो साता तपाईले लिएको कुनै पनि निर्णय शुभ साबित हुन सक्छ। यो साता परिवारका साथ कतै घुम्ने योजना बनाउन सक्नुहुन्छ। कुनै धार्मिक वा मांगलिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। लाभका नयाँ स्रोतहरू सिर्जना हुनेछन्।

धनु राशि 

यो साता तपाईं उर्जाले भरिपूर्ण हुनुहुनेछ, जसका कारण आफ्नो काम पूर्ण जोश र लगनका साथ पूरा गर्नुहोस्। समाजमा इज्जत र प्रतिष्ठा बढ्नेछ।  धनु राशिका लागि यो साता सपना पुरा गर्न निकै शुभ रहनेछ । लामो समयदेखि बेरोजगार रहेका मानिसको रोजगारीको सपना पूरा हुनेछ। व्यापार  व्यावसायमा सोचे अनुसार लाभ मिल्नेछ।

मीन राशि

 

यो साता आर्थिक समस्याबाट मुक्ति मिल्ने सम्भावना छ। काममा यो साता तपाईको लागि राम्रो रहनेछ। यो साता सुख र सौभाग्य दुवै लिएर आउँदैछ। बेरोजगारले रोजगारी पाउनेछन्। दाम्पत्य जीवनमा मधुरता रहनेछ। घरपरिवारसँग खुसीसाथ समय बिताउने अवसर मिल्नेछ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१४:३३

मङ्सिर महिनाको सोमबार गर्नुहोस् यस्ता उपाय, मिल्नेछ शिव जीको भरपूर आशिर्वाद !