हिन्दू क्यालेन्डरका अनुसार नवौं महिना मङ्सिर हो, जुन कार्तिक महिना पछि आउँछ। यस महिनाको सोमबारलाई भगवान शिवको आशीर्वाद प्राप्त गर्नका लागि उत्तम मानिन्छ। सोमबार महादेवको पूजाका लागि नै समर्पित रहेको मानिन्छ। मङ्सिर महिनामा सोमबारको महत्व झनै बढ्छ। यस दिन थुप्रै सहज उपाय गरेर भगवान शिव जीको कृपा प्राप्त गर्न सकिन्छ। जान्नुहोस् यस्ता उपायका बारेमा….
समस्याबाट छुटकारा पाउन
यदि जीवन अनेक प्रकारका समस्याले घेरिएको छ र समाधान पाउन सक्नुभएको छैन भने भोलेनाथमा आस्था राख्नुहोस्। साँचो विश्वासका साथ सोमबार बिहान उठ्ने वित्तिकै भगवान शिवको दर्शन गर्नुहोस्। यस दिन शिव चालिसा वा शिवाष्टकको पाठ गर्नाले विशेष लाभ मिल्नेछ।
वैवाहिक जीवनमा रहेको समस्याबाट छुटकारा पाउन
जीवनसाथीसँगको सम्बन्ध राम्रो छैन ? यदि वैवाहिक जीवनमा उतारचढावको अवस्था झेल्दै हुनुहुन्छ वा वैवाहिक जीवनमा ढिलाइ भइरहेको छ भने मङ्सिर महिनाको सोमबार बिहान शिवको मन्दिरमा गौरी-शंकर रुद्राक्ष चढाउनुपर्छ।
आर्थिक स्थितिमा सुधार ल्याउनको लागि
भगवान शिवको मन्दिरमा जानुहोस् र रुद्राक्षको मालाले ११ प्रदक्षिणा गरी ‘ओम नमो धनदय स्वाहा’ मन्त्रको जप गर्नुहोस्। यो मन्त्रको जप गर्नाले तपाईंको जीवनमा चलिरहेको धन सम्बन्धि समस्या समाधान हुनेछ र आर्थिक स्थितिमा स्थिरता आउनेछ।
मनोकामना पूरा
भगवानले मात्र ती इच्छाहरू पूरा गर्नुहुन्छ जसमा अरू कसैको लागि कुनै दुर्भावना हुँदैन। यदि तपाईंले आफ्नो मनोकामना पूरा गर्नको लागि ईमानदारीपूर्वक शिवको आशीर्वाद लिनुहुन्छ भने, यो उपाय तपाईंको लागि उपयोगी हुन सक्छ। सोमबार बिहान बेलपत्रमा सेतो चन्दनको बिन्दु लगाएर आफ्नो इच्छा व्यक्त गरी शिवलिंगमा चढाउनुहोस्।
व्यवसायमा वृद्धिको लागि
मङ्सिर महिनाको सोमबार बिहान शिव मन्दिरमा गएर शिवलिंगमा दूध चढाउनुहोस्। यो दुध तामाको भाँडोमा लिएर आफ्नो व्यापारिक स्थानमा जानुहोस् र भोलेनाथलाई सम्झेर छर्कनुहोस्। ‘ओम नमः शिवाय’ मन्त्रको जप गर्नुहोस्।

