रोनाल्डो बिनाको विश्वकप कस्तो ? रोनाल्डोका लागि विनाश, अनि विश्वकपका लागि ?

अन्तिम छनौट खेलमा पराजित भएपछि पोर्चुगलले कतारमा हुने २०२२ को विश्वकपमा स्वत छनोट हुने मौका गुमाएको छ। जसको कारण क्रिस्टियानो रोनाल्डोको टोलीले अब प्ले-अफको मार्फतबाट विश्वकपको यात्रा तय गर्नुपर्ने हुन्छ। यस्तोमा रोनाल्डोको अन्तिम प्रमुख प्रतियोगिता हुन सक्ने विश्वकपमा उनको टोली छनोट नै नहुने खतरा बढेको छ।

रोनाल्डो जस्तो ठूलो नाम विश्वकपमा नहुँदा पूरा फुटबल जगतलाई नै घाटा हुने पक्का रहेको छ: खेल तथा व्यावसायिक दुबै रूपले। “रोनाल्डोले ठूलो प्रतियोगिता कहिल्यै गुमाएका छैनन्, र मलाई लग्दैन कि अब पनि यस्तो हुन्छ। तर उनका लागि अब दुई निकै महत्वपूर्ण खेल रहेका छन्,”पोर्चुगलका पूर्व खेलाडी पाउलो फ्युट्रेले भने।

“प्लेअफ सबै पोर्चुगल जनताको लागि निराशाजनक छ, तर हामीले आफैंलाई उठाउनु पर्छ। क्रिस्टियानोले कसैलाई केहि प्रमाणित गर्नु पर्दैन। तर उनको लागि यो एक धेरै कठिन झटका हुनेछ, धेरै, धेरै गाह्रो। यो ठूलो निराशा हुनेछ,” फ्युट्रेले भने।

त्यस्तै, पोर्चुगिज पत्रकार नुनो लुज विश्वास गर्छन् कि यो रोनाल्डोको लागि आफ्नो नेतृत्व गुणहरू प्रदर्शन गर्ने क्षण हो। “उनको लागि विश्वकपमा छनौट नहुनु एक विनाश हुनेछ,” नुनो लुज भन्छन्,”तर मनोवैज्ञानिक रूपमा उनी धेरै बलियो छन्, यो उनको उत्कृष्ट विशेषता हो। उनी एक खराब स्थितिलाई पनि पल्टाएर उत्कृष्ट क्षणमा परिणत गर्ने क्षमता राख्छन्।”

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१७:०७

पोचेटिनो पिएसजीबाट आउट, सिधै म्यानचेस्टरमा इन्ट्री !