आज मङ्सिर ७ गते मंगलबार , यी राशिको शुभ फलदायी रहला दिन ,हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाइको दिन सामाजिक कार्यमा बित्नेछ। जसले गर्दा केहि धन खर्च हुनेछ ।  सरकारी कार्यमा सफलता प्राप्त हुनेछ। आफूभन्दा ठुलाबाट सहयोग प्राप्त हुदा मनमा आनन्द वृद्धि हुनेछ । टाढा वा विदेशबाट सन्तानको सम्बन्धमा शुभ समाचार प्राप्त हुन्छ। आकस्मिक धनलाभ हुनसक्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन शुभ र फलदायी हुनेछ।  विशेष गरि व्यवसाय  गर्नेहरुको लागि यस दिन निकै लाभदायी रहनेछ। व्यवसायमा पदोन्नतीको योग छ। पारिवारिक जीवनमा सुख प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मानसिकरुप तथा शारीरिक रुपबाटबाट शिथिलता अनुभव हुनेछ। कार्य गर्ने जोश आउनेछैन। व्यवसायिक स्थलमा पनि कर्मचारीको व्यवहार नकारात्कम  रहनेछ । धन खर्च हुनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक रुपबाट अस्वस्थता बनिरहनेछ । त्यसैले नकारात्मकताबाट टाढा रहनुहोस। रिसलाई संयम राख्नुहोस। खर्च धेरै हुनेछ। यस दिन नया कार्यको सुरुवात नगर्नुहोस।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

श्रीमान-श्रीमतीबीच झगडा हुनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस। सांसारिक तथा अन्य प्रश्नहरूको कारण पनि तपाईको मनमा उदासीनता छाउनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

व्यवसायिक  क्षेत्रमा ख्याति प्राप्त गर्ने सम्भावना बढी छ ।  पारिवारिक वातावरणमा सुखको स्नुभाव हुनेछ। शारीरिक र मानसिक रुपबाट तपाई स्वस्थ रहनुहुनेछ। आर्थिक लाभ हुनेछ । रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। प्रतिस्पर्धिमाथि बिजयी प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाई छलफल गरेर अरुलाई प्रभाव पार्न सक्नुहुनेछ। परिश्रमको तुलनामा परिणाम सन्तोषजनक प्राप्त हुदैन। कार्यलाई सम्हालेर अगाडी बढ्नु पर्नेछ। खानपानमा ध्यान दिनुहोस । साहित्य लेखनमा रुचि बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

प्रियजनहरूसँगको सम्बन्धमा ध्यान दिनुपर्नेछ।  शारीरिक र मानसिक रुपमा अस्वस्थताको कारण चिन्ता बढ्नेछ । धन खर्च हुन सक्नेछ। पारिवारिक वातावरण राम्रो रहदैन । मनमा प्रसन्नताको अभाव हुदा तपाईलाई अनिन्द्राले सताउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

तपाइको प्रतिस्पर्धीहरु पराजित हुनेछन्। शारीरिक र मानसिक रुपबाट स्वस्थ रहनेछ। नया कार्य सुरुवात गर्नको लागि समय अनुकुल छ। आफन्तको साथ आनन्दमयी समय बित्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाइको दिन फलदायी रहनेछ । परिवारजनको साथ मनमुटाव हुदा मनमा ग्लानी महसुश हुनेछ। निरर्थक खर्च हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोस्। विद्यार्थीहरू अभ्यासमा रुचि राख्दैनन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आर्थिक दृष्टिकोणबाट तपाइको दिन लाभदायी रहनेछ। पारिवारिक वातावरण आनन्दले भरिपूर्ण हुनेछ। साथीहरू र परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

तपाई सबै कार्यहरूमा दिमागको एकाग्रताबाट फाइदा उठाउनुहुनेछ। स्वास्थ्यको ख्याल राख्नुहोस । परिवारका सदस्यहरूसंग मतभेद हुनेछ।लेनदेनमा सोचेर निर्णय लिनुहोस्।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१८:२५

भोलि मङ्सिर ८ गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!