एजेन्सी – बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल्डेन प्लेयर अवार्ड जितेका छन्। लियोनेल मेस्सी र जोर्गिन्होलाई पछि पर्दै सन् २०२१ को गोल्डेनप्लेयर अवार्ड जितेका हुन्। इटालियन पत्रिका टुटोस्पोर्टले हरेक वर्ष प्रदान गर्दै आएको अवार्ड हात पारे।
गएको केहि सिजन देखि लगातार उच्च प्रदर्शन गर्दै आएका लेवान्डोस्कीले लगातार दोस्रो वर्ष गोल्डेन प्लेयर अवार्ड जितेका हुन्। गएको वर्ष पनि गोल्डेन प्लेयर अवार्ड लेवान्डोस्कीले नै जितेका थिए। गोल्डेन प्लेयर अवार्डमा जोर्गिन्हो दोस्रो स्थानमा परे भने मेस्सी तेस्रो स्थानमा।
गएको सिजन लेवान्डोस्कीले बायर्नका लागि ४० खेल खेल्दा ४८ गोल गरेका थिए। जर्मन बुन्डेसलिगाका २९ खेल खेल्दा उनले ४१ गोल गरेका थिए भने च्याम्पियन्स लिगका ६ खेलमा ५ गोल गरेका
लेवान्डोस्कीले गत सिजनको लयलाई नयाँ सिजन शुरु हुँदा पनि कायम राखेका छन्। जर्मन बुन्डेसलिगाका १२ खेलमा उनले १४ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगका ४ खेलमा ८ गोल गरिसकेका छन्। सबै प्रतियोगिताको गोल जोड्ने हो भने उनले क्लब स्तरीय फुटबलमा २४ गोल गरिसकेका छन्।
पर्खाइ बालोन डी’ओरको
गएको सिजन स्थगित भएको बालोन डी’ओर यस वर्ष कसले जित्ने हो भन्नेमा सबैको चासो छ। यस वर्षको बालोन डी’ओरमा लेवान्डोस्की मुख्य दाबेदार रहेका छन्। बालोन डी’ओर जित्न पनि लेवान्डोस्कीले मेस्सी र जोर्गिन्हो सहित विभिन्न खेलाडीहरुलाई पछि पार्नु पर्नेछ। कोपा अमेरिका जितेका मेस्सी र च्याम्पियन्स लिगका साथ-साथै युरोकप जितेका जोर्गिन्होलाई पछि पर्न लेवान्डोस्कीलाई खासै सहज हुने भने देखिँदैन।

