बार्सिलोना फर्किने-नफर्किने सम्बन्धमा मेस्सीले निर्णय गरिसकेको खुलासा !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सीले खेलाडीको रुपमा बार्सिलोना फर्किने निर्णय नगरेको दावी गरिएको छ। क्याटलान मिडिया स्पोर्ट्सले बार्सिलोना फर्किने सम्बन्धमा मेस्सीले कुनै पनि निर्णय नगरेको दावी गरेको हो।

स्पोर्ट्सले आफ्नो रिपोर्टमा गरेको दावी अनुसार मेस्सी बार्सिलोना फर्किने पक्षमा छैनन्। पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्नेमा मेस्सी केन्द्रित रहेको स्पोर्ट्सको दावी छ।

केहि दिन अगाडी बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले निकट भविष्यमा लियोनेल मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने बताएका थिए। क्लबका अध्यक्षले नै मेस्सी बार्सिलोना फिर्ता हुने सम्भावना नसकिरहेको बताएपछि बार्सिलोना समर्थक उत्साहित भएका थिए।

बार्सिलोना अध्यक्षको अभिव्यक्तिले तरंग पैदा भैरहेको अवस्थामा धेरै स्पेनिस मिडियाहरुले सो बारेमा समाचार प्रकाशित गरेका छन्। त्यस मध्ये धेरैले मेस्सी खेलाडीको रुपमा बार्सिलोना फर्किने पक्षमा नरहेको बताएका छन्।

मेस्सी आफैंले पनि भविष्यमा बार्सिलोना फर्किएर क्लबलाई सहयोग पुर्याउने बताएको भएपनि उनले खेलाडीको रुपमा फर्किने नभनेको स्पेनिस मिडियाहरुको दावी छ।

पिएसजीमा मेस्सीको प्रदर्शन

डेढ दशक भन्दा बढी समय बार्सिलोनामा रहेर यसै सिजन पिएसजी पुगेका मेस्सी लय समाउने क्रममा छन्। फ्रान्स पुगेपछि मेस्सीलाई शरीरले त्यति साथ दिएन। खुट्टामा समस्या देखिएका कारण उनले केहि खेल समेत गुमाए।

शनिबार राति मात्रै मेस्सीले फ्रेन्च लिग वानमा खाता खोले। गोलको खाता खोल्न नै मेस्सीलाई ६ खेल लाग्यो। च्याम्पियन्स लिग सहित मेस्सीले पिएसजीका लागि ९ खेल खेलेका छन्। जसमा उनले कुल ४ गोल मात्रै गरेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८०८:२०

बेलिङघमलाई पछि पार्दै पेड्रीले जिते ‘गोल्डेन ब्वाई अवार्ड’