भिल्लारियल भर्सेस युनाइटेड: फेरी पनि चल्ला रोनाल्डोको जादू ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – केहि दिन अगाडी मात्रै क्लबका मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आज च्याम्पियन्स लिगमा भिल्लारियलको सामना गर्दैछ। च्याम्पियन्स लिग समूहचरणको दोस्रो लेग अन्तर्गत युनाइटेडले भिल्लारियलको सामना गर्न लागेको हो। भिल्लारियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ११ बजेर ३० मिनेटमा शुरु हुनेछ।

गएको केहि समय देखि युनाइटेड त्यति राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। युनाइटेडले प्रिमियर लिगमा लगातार हार बेहोरिरहेको छ। आज राति हुने खेलमा जित निकाल्दै हारको शृंखला अन्त्य गर्ने दाउमा हुनेछ। त्यस्तै भिल्लारियल पनि घरेलु मैदानमा प्रभावशालि प्रदर्शन गर्दै जित निकाल्ने प्रयासमा हुनेछ।

ओले गुन्नार सोल्साए प्रशिक्षकबाट बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त भएका माइकल क्यारिकले युनाइटेड सम्हाल्नेछन्। आज उनले भिल्लारियल विरुद्धको खेलमा के कस्तो रणनीति अपनाउने हुन् भन्नेमा सबैको चासो रहनेछ।

च्याम्पियन्स लिगको ‘एफ’को शिर्षस्थानमा युनाइटेड छ। भिल्लारियल बराबर अंक रहेको युनाइटेड गोलअन्तरका कारण शिर्ष स्थानमा रहन सफल भएको हो। युनाइटेड र भिल्लारियल दुवैको ७ अंक छ। समूहचरणका ४ खेल खेल्दा दुवैले २ जित र १ हार बेहोरेका छन्।

पछिल्लो खेलमा युनाइटेडले भिल्लारियललाई हराएको थियो। बराबरीमा टुंगिन लागेको खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरेपछि युनाइटेड विजयी भएको थियो। आजको खेल जित्ने टोलीको च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्ने सम्भावना बढेर जानेछ।

खेल कुन च्यानलमा हेर्ने ?

च्याम्पियन्सका खेलहरु नेपालका कुनै पनि च्यानलले प्रशारण गर्दैनन्। आज हुने भिल्लारियल र युनाइटेड बीचको खेल हेर्न भारतीय च्यानलहरु भर पर्नुपर्नेछ। खेल सोनी टेन २ ले प्रतक्ष्य प्रशारण गर्नेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१६:३०

च्याम्पियन्स लिग: ४ खेलमा विपक्षीको पोस्टमा १७ गोल गरेको बायर्नलाई डाइनामो किभले रोक्न सक्ला ?